×

वीरगञ्ज - चौरसिया बरई सेवा समिति पर्साले पनि वीरगञ्ज महानगरपालिकाको कोभिड कोषमा आर्थिक सहयोग गरेको छ ।

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले पर्सा जिल्लामा कोरोना परिक्षणको दायरा फराकिलो पारेर पर्सा जिल्लालाई ग्रिनजोनमा लैजाने उद्देश्यका साथ पिसिआर मेशीन तथा भिटिएम किट खरिदका लागि सहयोग आह्वान गर्नुभएको थियो ।

सामाजिक उत्तरदायित्वको बोध गर्दै चौरसिया बरई सेवा समिति पर्साका अध्यक्ष रामाकान्त प्रसाद चौरसियाले महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीलाई ५१ हजार ५ सय १ रुपैयाको चेक हस्तान्तरण गर्नुभएको हो ।

नगरप्रमुख सरावगीले थालेको पर्सालाई ग्रिनजोन बनाउने अभियानमा सहयोग गर्न पाउँदा खुशि भएको बताउँदै यस अभियानमा अरुलाई पनि सकेजति सहयोग गरेर हातेमालो गर्न अध्यक्ष चौरसियाले अपिल गर्नुभयो । चेक बुझ्दै नगरप्रमुख सरावगीले अब चाँडै नै पिसिआर मेशिन खरिद गरेर परिक्षणको दायरा फराकिलो बनाउने सबैको सपनाले साकार रुप पाउने विश्वास व्यक्त गर्नुभयो ।

चेक हस्तान्तरण कार्यक्रममा चौरसिया बरई सेवा समिति पर्साका उपाध्यक्ष शम्भु प्रसाद चौरसिया, लक्ष्मण चौरसिया, कोषाध्यक्ष धन्नजय चौरसिया, सहकोशाध्यक्ष धुर्व चौरसिया, सचिव सोनालाल चौरसिया, सदस्यहरु प्रेमचन्द्र चौरसिया, प्रेम प्रसाद चौरसिया, धिरज चौरसिया लगायतको उपस्थिति रहेको थियो ।

Back to top