×

वीरगन्ज २८ जेठ । पर्सा प्रहरीले बुधबार बिहान राति एम्बुलेन्सबाट गाँजासहित एउटा तीन जनालाई पक्राउ गरेको छ।

पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार ना. ४ च ८५९९ नम्बरको अल्पाइन मेडिकल कलेज सिमराको एम्बुलेन्बाट गाँजा बरामद भएको हो।

बिहान राति करिब पौने ३ बजे पर्सा वीरगन्ज महानगरपालिका-२७ रामपुरबाट एम्बुलेन्ससहित तीन जनालाई पक्राउ गरिएको पन्तले बताइन्। उक्त गाँजा पर्सा बहुदरमाई-५ भौराट्टारतिर लगिँदै थियो।

पक्राउ पर्नेमा सर्लाही लालबन्दी-१५ का २३ वर्षीय जितबहादुर वाइबा, २२ वर्षीय दिलबहादुर वाइबा र बहुदरमाई-५ का ३२ वर्षीय हरिशंकर महतो रहेका छन्।

उक्त गाँजा भारततर्फ तस्करी गर्न लागिएको थियो। प्रहरीले पक्राउ परेकामथि आवश्यक अनुसन्धान थालेको छ।

Back to top