×

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको पिसिआर मेशिन र किट खरीदका लागि बिशाल फाउण्डेशनले आर्थिक सहयोग गरेको छ ।

फाउण्डेशनका अध्यक्ष अनिल कुमार कलवारले शुक्रबार एक कार्यक्रमबीच वीरगंज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीलाई रु. २५ हजार एकाउन्नको चेक हस्तान्तरण गर्नु भएको हो । नगरप्रमुख सरावगीले पिसिआर मेशिन र किट खरीदको लागि नगरवासीसँग सहयोगको लागि अपील गर्नु भएको थियो ।

कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि परिक्षणलाई तिब्र बनाउने संक्रमीत लाई अलग्याउने काम गर्न सकियो भने मात्र बीरगंजलाई ग्रिन जोन बनाउन सकिने भन्दै उहाँले सहयोग अपिल गर्नुभएको हो ।

प्रदेश र संघीय सरकारले पर्साबासीसंग न्याय नगर्ने देखिएपछि महानगरले पिसीआर मेशिन र किट खरिदको लागि सहयाग संकलन शुरु गरेको हो । सो अभियानमा थोरै भएपनि सहयोग हुने र अरुलाई पनि सहयोग गर्न प्रेरित गर्ने उद्देश्यले सहयोग गरेको फाउण्डेशनका महासचिव निसान्त लामिछानेले बताउनुभयो ।

सो अवसरमा फाउण्डेशनका उपाध्यक्ष पंकज श्रेष्ठ, सुलभ जङ राना कोक्षा अध्यक्ष मुकेश सिंह दिपक साह अलि अस्गर हवारि, जनाय का वरिष्ठ उपाध्यक्ष महम्मद निजामुदिन(निजाम) लगायतको सहभागिता रहेको थियो ।

Back to top