×

वीरगञ्ज २१ जेठ । नेपाली कांग्रेस पर्साद्वारा ठोरीमा विगत तीन दिनदेखि अवरुद्ध रहेको टेलिफोन सेवा अविलम्ब सुचारु गर्न माग गरेको छ । नेपाल कांग्रेस पर्साको टोलिले वीरगञ्जस्थित नेपाल टेलिकमको क्षेत्रीय कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाउदै अबरुद्ध सेवा सुचारु गर्न माग गरेको हो ।

नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेलको नेतुत्वमा बुधबार गएको टोलीले नेपाल टेलिकम क्षेत्रीय कार्यालय वीरगञ्जका निर्देशकलाई ठोरीमा टेलिफोन सेवा अवरुद्ध भएपछि त्यहाँका स्थानिय जनताले कठीनाई भोग्नु परेकोले अवरुद्ध रहेको टेलिफोन सेवा अविलम्ब सुचारु गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

सचिव पटेलले तत्काल सेवा सुचारु नगरिए नेपाली कांग्रेस पर्सा कडा कदम चाल्न बाध्य हुने समेत जनाएका छन् ।

Back to top