×

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का कमिटी सदस्य बाबुराम कौशिकले कोभिड १९ को प्रकोपले सचेत र सुरक्षीतका साथ भ्रष्टाचारमुक्त समाज निर्माणमा लाग्नुपर्ने बताएका छन् ।

यात्रा डेलीसँग कुरा गर्दै नेता कौशिकले आफूहरू जति फुर्ती देखाएपनि नेताहरूले वीरगन्जको अस्तीत्व समाप्त पार्ने खेल गरीनै रहेका आरोप लगाए ।

असल र सफल नेतृत्व चयन नगरेका कारण नेपालको पुरानो वीरगन्जको एतिहासिक धरोहरको गरिमा समेत समाप्त पार्न खोजिएको छ, उनले भने– ‘अहिले जति झुठा प्रतिस्पर्धा भईरहेको छ त्यसको अन्त गरी वीरगन्ज मात्र नभई पर्सा जिल्लाको विकास संगै कोभिड १९ संग लड्न र यसको रोकथाम तथा नियन्त्रण गर्न एकजुट हुनु आवश्यक छ ।’

कृषकले खेती गर्दा उन्नत र फसल राम्रो हुने खालको बीउको छनौट गर्छ तर बुद्धिजिवी जनता भएपनि एउटा नेता (लिडर) लाई छनौट गर्दा हावादारीमा छनौट गरेको उनको भनाई छ ।

उनले भने– ‘त्यो लिडरले भविष्यमा जनताको विकास गर्दै आफनो र आफनो परिवारको विकासमा लाग्छ जसले गर्दा समाज अगाडी बढ्न सक्दैन । त्यसकै परिणाम आज हामी भोगिरहेका छौं ।’

‘हाम्रो मानसिकता सफल नेतृत्व कहिले आउँछ, हामी जहिले पनि सोच्छौ, उ धेरै पैसावाला छ, खुब खर्च गर्छ, उसको धेरै पकड छ, उसंग गुण्डा र बदमास छ, डरले कोई बोल्दैन, उ ठूलो ठेकेराद हो उसले जे पनि गराई दिन्छ । उसंग ठूला ठूला युनिभर्सिटी र अर्गनाईजेसन छ हामीलाई धेरै फाईदा हुन्छ भन्ने यस्ता सोच राखेर उसको पछि लाग्छौ तर त्यो दिर्घकालिन जनताको पक्षमा हुँदैन’– उनले थपे ।

नेता कौशिकले भने, ‘जसरी एउटा किसानले आफनो भविष्य देखेर बीउँ छनौट गर्छ त्यही माध्यमले हामी पनि आफनो नेता, उम्मेदवार छनौट गरेको भए सायद अहिलेको यस्तो अवस्था आउँने वाला थिएन । पार्टीले टिकट पनि उस्तैलाई दिन्छ । यस्तो प्रकृयाकमा परिर्वतन हुन आवश्क छ अनि मात्र विकास सम्भव हुन्छ ।’

उनी भन्छन्– ‘असल र सफल नेतृत्ववर्गले नै जनताको समस्या बुझछ, र उ मात्र जनताको लागि अगाडी बढेर बोल्छ । अहिलेको परिवेस पनि असल र सफल नेतृत्वमा अभाग खटिएको छ ।’ कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि स्थानिय निकायमा लाखौ रुपैया बजेट विनियोजन भएपनि सहि तरिकारले सदुपयोग गर्न सकेको छैन् ।

उनले भने– ‘हरेक स्थानियले आफनो ठाउँबाट कोभिड १९ संक्रमितको हकमा काम गर्नुपर्छ र यसमा हामी सचेत नागरिकले पहरदावी गर्न पनि आवश्यक छ ।’

उनले कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणको लागि प्रदेश, केन्द्र, महानगरपालिका र अन्य स्थानिय तहले के कति बजेट बजेट छुटाएको छ र यसको व्यवस्थापन कस्ने गर्ने भन्ने जुन औन्यौलता देखिएको छ । त्यसलाई चिरदै जनताको हितका लाग्न विभिन्न तहका प्रमुख तथा प्रतिनिधिलाई आग्रह उनले गरे । वीरगन्जको नारायणी अस्पताल महानगरपालिकाको मात्र होईन, पर्सा, बारा, रौतहत लगायत जुनसुकै ठाउँबाट आउँने विरामीको लागि अस्पताल भएकाले यहाँ उपचार गराउन आउनेलाई कसैबाट रोकाउट गर्नु नियन्दनीय रहेको भन्दै उनले यसको घोरभर्सना हुनुपर्ने बताए । ।

‘संक्रमण नियन्त्रणको लागि आएको बजेट उचित व्यवस्थापन गरिएन भने यसमा भ्रष्टचारको जोमिख समेत बढ्न प्रबल सम्भावना देखिएकोले जनता पनि आ आफनो ठाउँबाट नेतृत्व वर्गलाई सचेत गराउँनु पर्छ । होईन भने, महामारीमा असार बजेट मिलान गर्ने बेला भएको छ’– उनले भने ।

समयमै सचेत भएन भने सम्पूर्ण बजेट कागजमै सिमित हुने उनको भनाई छ । खबरदारी गनुपर्नेमा उनले जोड दिएका छन् । उनले भने– ‘हामी पनि महामारीमा सचेत र सुरक्षीत भएर भ्रष्ट्रचार नियन्त्रण र निर्मुल गरी भ्रष्टाचारमुक्त समाज निर्माणको प्रकृयामा सबले निगरानी बढाउनै पर्छ ।’

Back to top