×

प्रो. डा. दीपक शाक्य

वीरगञ्ज र पर्सा जिल्ला कोरोना संक्रमित रेड जोनमा परेको छ। यसको अर्थ यहाँ कोरोना संक्रमणको तेस्रो चरण अर्थात समाजिकरणको चरणमा प्रवेश गरिसकेको छ।

यो अवस्थाम अति नै संक्रमित अवस्था हो । यसबेला कोरोना तिब्र गतिमा बढीरहेको हुन्छ । तपाईं हामी निर नै हुन्छ हामी चिन्न पनि सक्दैनौँ । यसैले वीरगञ्ज र पर्सा जिल्लामै थुप्रै संक्रमित हुनसक्ने सम्भावना रहेको छ ।

समयमै पहिचान र उपचार गर्न नसके यसले महामारीको रूप लिने डर छ । यसकारण कोरोना संक्रमित थाहा पाउन र उपचार र नियन्त्रणको लागि समयमै बढि भन्दा बढि ट्रेसिङ्ग र टेस्टिङ गर्नुअति आवश्यक देखिन्छ । यसको लागि बढी छमता भएको पि सि आर मेशिन र टेस्टिङ किटको आवश्यकता छ ।

पर्सामा अति न्युन मात्रामा परिक्षण हुनाले यसको टेस्टिङ पनि सार्है कछुवा गतिमा भइरहेको छ र हामीले संक्रमितहरुको पहिचान गर्न सकिरहेका छैनौ । यसैकारण अहिले हामी सबै उच्च जोखिममा रहेका छौ।यसको नियन्त्रण र उपचारको व्यवस्थापनमा पनि कमजोर देखिएका छ ।

यस अवस्थालाई नै आत्माबोध र दृष्टिगत गरी वीरगञ्ज महानगरपालिकाले बढी क्षमता भएको पिसिआर मेशिन र किटसहरु खरिद गर्ने निर्णय गरेको छ । महानगरको निर्णय आवश्यकताा आधारित छ र यो अति नै स्वागतयोग्य छ ।

अब प्रश्न उठ्छ महानगरपालिकाले खरिद गर्ने मेशिन बाट महानगरपालिका वडावासिहरुले मात्र सेवा प्राप्त गर्ने कि पर्सा जिल्लावासीले पनि सेवा पाउने यस्तो मानविय संवेदनाको बेला यस्तो तुच्छ प्रश्न आउनु नपर्ने हो ।

सेवा उपचारको सीमाना र सिमितता हुदैन छमता को हुनसक्छ । यसर्थ यो सेवा मात्र जिल्ला होइन प्रदेश, राज्य र जो जहाँको भएपनि सबैलाई आवश्यकता परेको बेला सरल सुलभ रुपमा पाउनु पर्छ । यो सेवा प्रदान गर्नु जरुरी हुन्छ र दिनु पनि पर्छ ।

टेस्टिङ पछि संक्रमितको संख्या बढ्न सक्ने हुनाले सोही अनुरूप वीरगञ्ज र पर्सा जिल्लामा स्थित कोभिड अस्पतालको छमताबृदि, भेन्टिलेटरको संख्यामा बृद्धि, व्यवस्थित क्वारेन्टिनको छ्मताबृद्धि, स्तरीय भोजन र बसोबासको व्यवस्था तथा कोरोना संक्रमितहरुको सेवामा समर्पित चिकित्सा कर्मिहरुको क्वारेन्टिनमा खानेबस्ने ब्यवस्थापन, लकडाउनको बढ्दै गएकोले दैनिक ज्यालादारी मजदुर, गरिब असाहय दुःखीहरुलाइ राहतको ब्यवस्थापन गर्नु जरुरी हुन्छ ।

यस स्थितिमा सांसद, प्रदेश सरकार, महानगरपालिका,नगरपालिका, प्रशासन, नागरिक समाजकाअगुवाहरू कोहिले पनि एक्लै गर्छु भनेर सम्भव हुँदैन । सबैको साझा सहयोग, सहकार्य, सहमति, सदभाव, समन्वय र समझदारीले सेवा प्रदान गर्ने हो भने यो असम्भव पनि छैन । यसर्थ यस्तो संकटको घडीमा आ-आफ्नो अहम् त्यागेर, असमझदारी मेटाएर संधघय सरकारको सहयोगमा प्रदेश सरकारको अभिभाकत्वमा यस जिल्लाको संघिय सांसद, प्रदेश सांसद जिल्ला समन्वय समिति, महानगरपालिका, नगरपालिकाहरु सबै राजनीतिक दलहरु, सम्बन्धित निकायहरु एकै ठाउमा आएर कोरोना बिरुद्धको लडाईमा सहभागि हुनु पर्छ ।

महानगरको अगुवाइमा सबै ले आ आफ्नै जिम्मेवारी पूर्बक सहयोग गरि माथि उल्लेखित सबै सेवाहरू संचालन ब्यवस्थापन नियन्त्रण गर्नु आजको आवश्यकता हो । साथै लकडाउनको समय अबधि बढाउने मात्र होइन कि यस अवधिमा एक्टिभ र प्रोएक्टिभ भै अत्यन्त महत्वपूर्ण जरुरी बजार,स्कुल कलेज, व्यापार व्यवसाय,उधोगधन्दा,कृषिव्यापार,बैक,सहकारी,संघ संस्थाहरुलाई व्यवस्थितरुपमा संचालन गर्ने सहज वातावरणको सृजना गर्नु जरुरी देखिन्छ ।

कोरोनाको कहरबाट समयमै पाठ नसिक्ने हो भने यसको हामीले ठूलो मुल्य चुकाउन पनि तयार भएर बस्नु पर्छ । अन्त्यमा सबै जिम्मेवार नेतृत्वदायि निकायहरूलाई फुटेर होइन जुटेर अगाडि बढौ। कोरोना माथि बिजय प्राप्त गरौ भन्ने अनुरोध तथा शुभेच्छा ।

(प्रो. डा. शाक्य वीरगञ्ज पब्लिक कलेजका संस्थापक निर्देशक एवम् नागरिक अगुवा हुनुहुन्छ । यो सामाग्री उहाँको सामाजिक संजालबाट लिइएको हो ।)

Back to top