×

बिरगंज, १८ जेठ । नेपाली काग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले पर्सा जिल्ला को ठोरी गा.पा. वडा नं. २ को ठुटेखोला स्थित सिमामा भारतिय सुरक्षाकर्मीहरुको सहयोगमा भारतियहरुले नेपाली भुमीमा गरेको हस्तक्षेप र अनाधिकृत उपयोग गर्न खोजेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।

उहाँले एक बिज्ञप्ती प्रकाशित गरि सो क्षेत्रमा दशकौ देखि भारतियहरुले नेपाली भुमीलाई बिबादित बनाई बिद्युत लाई बिस्तार, पुल निर्माण जस्ता बिकाशका कार्यहरुमा समेत अवरोध गर्दै सिमा अतिक्रमण गर्ने प्रयासलाई ठोरीवासीले असफल बनाएकोमा आफु गौरवान्वित भएको बताउनु भएको छ । बर्तमान समयमा ठोरी स्थित नेपाल भारतको सिमा छुट्याई सिमास्तम्भ समेत कायम भई सकेको अवस्थामा नेपाली भुमिमा आई ठोरीवासीको बिकाशको आधारको रुपमा रहेको खानेपानी, बिजुली, ठुटेखोला पुल र यातायातलाई समेत असर पुरयाउने गरि अनाधिकृत रुपमा भारतिय सुरक्षाकर्मीहरुले भारतिय नागरिकलाई उक्साई नेपाली भुमिमा कुलो खन्ने कार्य गराएको प्रति पनि घोर भतर्सना गर्नुभएको छ ।

नेपाल सरकार तथा स्थानिय प्रशासनले नेपाली भुमी सुरक्षाको जिम्मेवारी निर्वाह नगरिरहेको अवस्थामा शालिनता पुर्वक मातृभुमी सुरक्षाका लागी आवाज उठाउदा नेपाल सरकार तथा स्थानिय प्रशासनले मनोबल गिराउदै भारतिय पक्षहरुके वकालत गर्ने जस्ता कार्यहरुको समेत घोर निन्दा गर्नुभएको छ ।

भारतिय पक्षको नेपाली भुमीमा रहेको जलश्रोतलाई अतिक्रमण गर्ने ठोरीवासिको भौतिक पुर्वाधार अवरुद्ध बनाउने जस्ता कार्यलाई अबिलम्ब रोकी नोपली भुमी र आम नागरिकको सुरक्षाको समुचित ब्यवस्था गर्दै बिवाद समाधान तर्फ प्रभावकारी कदम चाल्न नेपाल सरकार तथा जिल्ला प्रशासन कार्यालयले ठोस कदम चालोस भनि माग समेत गर्नु भएको छ । साथै सिमा अतिक्रमणलाई रोक्न शालिनता पुर्वक बिरोध गर्र्न समेत ठोसीवासीहरुमा हार्दिक अपिल समेत गर्नुभएको छ

Back to top