×

वीरगञ्ज , जेठ १६ – वीरगञ्ज महानगरपालिकाको पिसिआर मेशिन खरिद कोषमा प्याब्सन पर्साले नगद रु ५१ हजार सहयोग गरेको छ ।

प्याब्सन पर्साका अध्यक्ष डा. हरीसंकर साहले नगरप्रमुख सरावगीलाई नगद रु ५१ हजारको चेक हस्तान्तरण गर्नुभएको हो । पिसिआर मेशिन र भिटिएम खरिदका लागि प्याब्सनले नगद सहयोग गरेको प्याब्सन वीरगञ्ज महानगरपालिकाका कोषाध्यक्ष सन्नि पाख्रीनले बताउनुभयो ।

यसअघि पनि प्याब्सनले वीरगञ्ज महानगरपालिकाले सञ्चालन गरेको कोरोना रोकथाम तथा उपचार कोषमा नगद रु ५१ हजार सहयोग गरेको प्याब्सनका नगरअध्यक्ष आलोक चौरसियाले जानकारी दिनुभयो ।

विश्वभरी फैलिएको कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहनका लागि सरकारले गरेको लकडाउनको समयमा पनि आफ्नो सामाजिक उत्तरदायित्वलाई बहन गर्दै विभिन्न सामाजिक क्रियाकलापहरु गर्दै आएको छ । प्याब्सनले रेडियो सान्भी सहित वीरगञ्जका स्थानिय रेडियोहरुमा अनलाईन कक्षा सञ्चालन गर्दै आइरहेको नगरअध्यक्ष चौरसियाले बताउनुभयो ।

लकडाउनको समयमा विद्यार्थिहरुको पठनपाठनमा हस्तक्षेप नहोस् भन्नका लगि र यो समयलाई विद्यार्थिहरुले ज्ञानबद्र्धक कुरामै सदुपयोग गरुन भन्ने अभिप्रायले स्थानिय रेडियोको सहकार्यमा अनलाई कक्षा सञ्चालन गरिएको चौरसियाले बताउनुभयो ।

Back to top