स्वदेश फर्किन प्रदेश २ का वीरगञ्ज लगायत सातवटा नाकामात्र सञ्चालनमा आउने

896


वीरगञ्ज १६ जेठ । प्रदेश २ का सातवटा नाकामात्र सञ्चालनमा आउने भारतमा रहेका नेपालीलाई स्वदेश फर्काउन भएको छ ।

पर्साको वीरगञ्ज, सप्तरीस्थित कुनौली नाका, सिराहास्थित ठाडी र माडर, महोत्तरीको भिट्टामोड, सर्लाहीको मलंगवा र रौतहटको गौर नाकाबाट मात्रै नेपाली भारतबाट आउन पाउनेछन् । नेपाल सरकारको जेठ १२ गते मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको छ ।


सरकारको यो निर्णयअनुसार प्रदेश १ को पशुपतिनगर, काँकडभिट्टा र मोरङको रानी नाकाबाट पनि नेपाली स्वदेश फर्किन पाउनेछन् ।

यसै गरि प्रदेश ५ को नवलपरासी पश्चिमस्थित महेशपुर, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कपिलवस्तु र कृष्णनगर, बाँकेको जमुनाहा, बर्दियाको सुरतपुर, सुदूरपश्चिम प्रदेशको कैलालीस्थित गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको तुलाघाट र दार्चुलाको दार्चुला नाकाबाट नेपाली आउन सक्नेछन् । यता धनुषाको भने दुईवटै प्रमुख नाका जटही र खजुरी बन्द गरिएको छ ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here