पर्सामा थप एक सङ्क्रमित फेला, सतर्कता अपनाउन आग्रह

1573


वीरगञ्ज, जेठ १५ – जेठ १३ गते क्वारनटाईनमा बस्ने १७ जनाको स्वाब लिई पि सि आर प्रशिक्षणका लागि वीरगञ्ज पठाइएको थियो।

परिक्षण गरिएका मध्य १६ जनाको नेगेटिभ रिपोर्ट आएको जिराभवानी गाउँपालिका स्वास्थ्य संयोजक सफिकुल अंसारीले बताउनु भयो ।


सेढामा रहेको माध्यामिक बिद्यालयमा रहेको क्वारेन्टिनमा बसेका दुई जनाको रिपोर्ट पनि नेगेटिभ आएको संयोजक अन्सारीले बताउनु भयो ।

संक्रमण पेजेटिभ देखिएका ब्यक्तिलाई आएका बिरामीलाई वीरगञ्ज स्थित गण्डक अस्पतालको आईसुलेशनमा पठाईएको संयोजक अंसारीले बताउनु भयो ।

मा बि सेढवाको क्वारनटाईनमा रहेका तीन जना स्वास्थ्यकर्मी सहित ९२ जनाको पि सि आर रिपोर्ट नेगेटिभ आएको थियो । जस मध्ये ८९ जनालाई बुधबार क्वारनटाईनबाट आफनो घर पठाइएको थियो । अहिले सो क्वारनटाईनमा ४ जना र नौकाटोलाको क्वारनटाईनमा ३९ रहेका छन।

जिराभवानी गाउँपालिकामा कोरोनाको संक्रमित भेटिएपछि गाउपालिकामा थप सर्तकता अपनाउन आग्रह गरिएको छ ।

गाउँपालिकाले संक्रमण प्रति सचेत रहन र आफनो आनीबानीमा परिर्वतन ल्याउन आग्रह गरेको छ । गाउँपालिकाले लकडाउनको पालना गर्न गाउँपािलकाका बासिन्दालाई आग्रह गरेको छ ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here