×

वीरगञ्ज १६ जेठ । वीरगञ्ज महानगरपालिका र स्थानिय राजनैतिक दलका नेताहरुको पहल भएपनि नारायणी अस्पताल अहिले पुन: जनरल सेवा सुचारु हुन १० दिन लाग्न सक्छ ।

यात्रा डेलीसंग कुरागर्दै डक्टर मनोज गुप्ताले भने नारायणी अस्पताल अहिले पुन: जनरल सेवा सुचारु गर्न १० दिन लाग्न सक्छ र ओ.पि.डी. सेवा सुचारु गर्न चार पाँच दिन लागने छ ।

अहिले कण्डक अस्पतालमा पनि नारायणी अस्पतालका डाक्टरहरु डियुटी दिन परेकोले डाक्टरहरुको कमी छ, अन्य कर्मचारीहरुको ब्यस्थापन मिलाउनु पर्ने समस्याका कारण पुन: नारायणी अस्पताल जनरल सेवा सुचारु गर्न १० दिन लाग्न सक्छ, र ओ.पि.डी. सेवा सुचारु गर्न चार पाँच दिन लागने छ, डक्टर गुप्ताले भने ।

कोभिड १९ कोरोना भाईरसका बिरामीहरुको उपचार नारायणी अस्पतालमा हुन थालेपछि पुन: जनरल सेवा सुचारु गर्न वीरगञ्जवासीरुहले माग गरेका थिए ।

यता नेपाल सरकारद्वारा नारायणी अस्पताललाई कोभीड बनाये पष्चात यस भेगका सर्व साधारण जनताहरु संकटको अवस्थामा ईलाजबाट बन्चित भएका छन । यस्तो आर्थिक संकटको बेला पनि निजि अस्पतालमा बाध्यता बस बढी पैसा तिर्नु परि रहेको छ । बिभिन्न संघसस्था, नगरिक समाज, पत्रकार, सम्पूर्ण राजनीति दल लगायत धर्ना, ज्ञापन, बिरोध गरे पनि हाल सम्म संचालनमा न आउनु दुर्भाग्य हो जनता समाजवादी पार्टि सहमहासचिव नेजामुद्दिन शमानीले भने ।

Back to top