×

वीरगंज १६ जेठ । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ पिपरामा सातोमाई मन्दिरको पुनःनिर्माण कार्य शुरु भएको छ । धार्मिक बिधि अनुसार पुजापाठ गरी नयाँ मन्दिरको निर्माण कार्यको शिलान्यास गरिएको हो ।

प्रदेश सभा सदस्य रमेश कुर्मीको संसदिय बिकाश कोषबाट ५ लाखको लागतमा मन्दिरको पुननिर्माण कार्य शुरु गरिएको जनता समाजवादी पार्टीका नेता शिव पटेलले जानकारी दिनुभयो ।

शिलान्यास कार्यक्रममा वडा अध्यक्ष जितेन्द्र पटेल लगायत स्थानिय भद्रभलादमिहरुको उपस्थिति रहेको थियोे । ६० किलोमिटर हुलाकी सडकमध्ये वीरगन्जदेखि पर्साको सेढवासम्मको ३० किलोमीटर सडक निर्माण गर्न सामग्री अभाव भएको निर्माण कम्पनीले जनाएको छ ।

३० किलोमिटरमध्ये ५० प्रतिशतभन्दा बढी काम भइसकेको भए पनि बाँकी काम अघि बढाउन आवश्यक सामग्री उपलब्ध नहुँदा काम रोकिएको निर्माण कम्पनीले जनाएको छ ।

Back to top