×

वीरगन्ज १३ जेठ । नेपाल चिकित्सक संघ नारायणी शाखा, वीरगंजले एक प्रेस विज्ञप्ती जारी गर्दै जुनियर चिकित्सक बिच साेमबार भएकाे विवाद समाधान भइसकेकाे जनाएकाे छ ।

चिकित्सक संघका सिचव डा. उदय नारायण सिंहले साेमबार सांझ नै प्रेस विज्ञप्ती जारी गर्दै बिश्व व्यापिरुपमा फैलिएकाे काेराेना महामारीसंग लड्न अग्रपंतिमा व्यस्त रहेकाे अवस्थामा नेपाल चिकित्सक संघका जुनियर चिकित्सकहरु बिच भएकाे समान्य विवाद प्रति संघकाे ध्यानकर्षण भएकाे जनाइएका छन् । यसका साथै संघले घटना प्रति निकै मर्माहत भएकाे जनाउदै खेद प्रकट समेत गरेकाे हुन् ।

साे घटना पुन: दाेहाेरिन नदिन चिकित्सक संघका केन्द्रिय कमिटीका सह सचिव डा. निरज कुमार सिंह तथा शाखा सचिव डा. उदय नारायण सिंहकाे संयाेजकत्वमा दुबै पक्षलाई मेलमिलाप गराई चित बुझ्दाे तरिकाले समस्या समाधान गरिसिकिएकाे जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

साेही घटनामा चिकित्सक संघ नारायणी शाखाका सचिवकाे संलग्ना रहेकाे कुरा गलत भएकाे समेत जारी विज्ञप्ती मार्फत जानकारी गराइएकाे छ ।

हिजो कोरोना संक्रमितको उपचारमा खटिरहेका चिकित्सकलाई वीरगंजकै एक चिकित्सकले ह्वाट्सएप ग्रुपमा जथाभावि लेखेको भन्दै विवाद भएपछि चिकित्सकहरुबीचमा नै हात हालाहाल भएको थियो ।

एनएमए नारायणी जोनल ब्रान्च नाम भएको ह्वाट्सएप ग्रुपमा भएको कुराकानीका विषयमा छलफल गर्न आदर्शनगरमा रहेको नगरसभागृहमा दुबै समूहका चिकित्सकहरु भेला भएको र त्यही हातपात भएको थियो ।

Back to top