×

वीरगंज १३ जेठ । छिमेकी राष्ट्र भारतमा फसेका नेपालीहरुलाई स्वादेश ल्याउन सहजीकरण गर्न नेकपाका नेता शम्भु गुप्ताले माग गरेका छन् ।

मङ्गलबार पर्सा जिल्लाको स्थानीय प्रशासन मार्फत नेता गुप्ताले गृहमन्त्रीसँग भारतको शहर रक्सौलमा रहेका अलपत्र नेपालीहरुलाई स्वादेश फिर्ता ल्याउन सहजीकरण गरिदिनुहुन अनुरोध गरेका छन् ।

नेता गुप्ताले पर्सा जिल्ला प्रशासन कार्यालयलाई आज ज्ञापन पत्र बुझाउँदै राजेश तिवारी लगायत भारतमा अलपत्र रहेकाले तत्काल स्थानीय तह सँग समन्वय गरेर उनीहरुलाई नेपाल ल्याउन अनुरोध गरेका हुन् ।

गुप्ताले संसारलाई नै त्रसित बनाएको कोरोना भाइरसको भीषम परिस्थितिमा सरकारलाई आफूले हरेक सम्भव सहयोग गर्न त्यार रहेको समेत जनाएक छन् ।

शम्भु गुप्ताको यो अभियानमा नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनरायण प्रसाद कुर्मी, प्रो.डा.दिपक शनक्य पुर्व अध्यक्ष नेपाल जेसिज, अधिवक्ता पन्नालाल गुप्ता पुर्व अध्यक्ष वार ऐशोशीयसन पर्सा, ई. मुन्ना कुमार सर्राफ पुर्व अध्यक्ष नेपाल, ईन्जीनीयर्स एसोशिएशन वीरगन्ज, अनुप तिवारी सह संयोजक प्रेस संगठन नेपाल पर्सा र जिस्मु वराल अध्यक्ष को अपरेटिभ म्यानेजर्स क्लब पर्सा लगायतका सस्थाहरुको अध्यक्षको सहभागिता रहेको थियो ।

Back to top