×

वीरगञ्ज १३ जेठ । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत सबै कोरोना संक्रमित डिस्चार्ज भएसंगै अब अस्पतलमा पुनः जनरल सेवा सुरुगर्न आज एका बिहानै विरगञ्ज महानगरपालिकाका मेयर बिजय सरावगीले अस्पताललाई पहिलो चरणको सेनेटाईजेशन गराउन काममा लागेका छन ।

केही समय येता नारायणी अस्पतालमा एकदमै कोरोना संक्रमणको संख्या बढी देखियो तर हिजोको समयबाट कोरोना मुक्त भएको छ ।

अस्पताललाई अब जनरल ओ .पि. डि सेवा सन्चालनमा ल्याउने कार्य सुरु हुँदै छ । कोरोना सन्क्रमितको दिस्चार्ज गरि वीरगञ्ज माहानगर पालिकाका मेयर सरावगीले नारायनी अस्पतालको सबै वाडलाई दम्कलले तथा अन्य सरसफाइ गर्ने सोदियम सोलुसनले सबै ठाँउमा सरसफाइ सम्मपन गरेका छन ।

वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत सबै कोरोना संक्रमित डिस्चार्ज भएसंगै अब आज भोली देखिनै अस्पतलमा पुनः जनरल सेवा सुरु हुने मेयर सरावगीले बताए ।

कोरोना संक्रमितलाई उपचार गर्न अर्को विकल्प नहुँदा नारायणी अस्पताललाई नै कोविड अस्पतालको रुपमा संचालनमा ल्याइएको थियो ।

नयाँ संक्रमितलाई नारायणी अस्पतालमा राख्न नपरेको र उपचाररत सबै जना डिस्चार्ज भएसँगै अब यसलाई पहिले जस्तै पुन जनरल सेवा प्रदान गर्ने अस्पतालको रुपमा संचालनमा ल्याउन लागिएको विरगञ्ज महानगरपालिकाका मेयर सरावगीले बताए।

सोमबार मात्रै ४३ जना संक्रमित निको भएर घर फर्किसकेकाले अब अस्पतालमा कोही पनि संक्रमित नरहेकोले त्यहाँ सर्वसाधारणका लागि जनरल सेवा सुचारु गरिने मेयर सरावगीले जानकारी दिए । नयाँ संक्रमित थपिए उनीहरुलाई नारायणी गण्डक कोरोना विशेष अस्पतालमा राखेर उपचार गरिने पनि मेयर सरावगीले बताए ।

साथै, सरावगीले नारायणी अस्पताललाई जनताको अस्पताल बनाउन पहल गरेकोमा सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद पनि दिएका छन् ।

Back to top