×

वीरगंज १२ जेठ । बीरगंज महानगरपालिका वडा नम्बर १० घडिअर्वाका युवा समाजसेबी अजय कुमार गुप्ताले तेश्रो चरणको राहत बितरण गर्ने गर्नु भएको छ ।

कोरोना भाईरसका कारण जारी लक डाउनका कारण प्रभावित अति बिपिन्न समुदाय र दैनिक ज्यालादारी गर्नेहरुलाई सो राहत बितरण गर्नुभएको हो ।

युवा समाजसेव गुप्ताले आफनो निजि खर्चमा ३ सय घर पविारलाई होमडिलेबरी राहत बितरण गर्नुभएको हो ।

राहत सामाग्रीमा प्रत्येक घरपरिवारलाई चामल १० केजी, दाल १ केजि, चिउरा १ केजि, नुन १ केजि, आलु १ केजि, तेल १ लिटर, चाउचाउ १ पाकेट तथा हरियो तरकारीमा बोडी १ केजि, घिरौला १ केजि, भिन्डी १ केजि, र करेला आधाकिलो रहेको छ ।

समाजसेबी गुप्ताले यस अघि पनि पहिलो र दोश्रो चरणमा ५ ५ सय घरपरिवारलाई खाद्यान्न सामाग्री बितरण गर्नु भएको छ । यस अघि गुप्ताले उनको घरमा डेरा लिई बसेका २५ परिवारको घरवहाल नलिने घोषणा समेत गरिसक्नुभएको थियो ।

Back to top