इन्धन आभावले पर्साका कृषक समस्यामा

186

वीरगञ्ज, जेठ ११ – यतिबेला खेत जोत्ने चटारो परेको ग्रामीण क्षेत्रमा इन्धनको अभाव छ। पर्साको ग्रामीण क्षेत्रका आयल स्टोर्सहरूले पनि इन्धन नपाएको बताएका छन् । लामो समयदेखि इन्धन बोकेको ट्याङ्कर गाउँमा नआएको पेट्रोलपम्प सञ्चालकहरूले बताए ।

इन्धन नआएर सकिन लागेकोले किसानहरूको माग अनुसार उपलब्ध गराउन नसकेको उनीहरूको भनाइ छ । पोखरिया कृष्ण आयल स्टोरमा ३ घण्टा लाइनमा बसेपछि ५० लिटर डिजेल पाएको भिखमपुर निवासी सन्तोष पटेलले बताए । किसानको लागि सरकारले डिजेलको सहज आपूर्ति गरिदिनुपर्ने उनीहरूको माग छ ।


इन्धन उपलब्ध भएमा खेतीपाती गर्न सहज हुने पटेर्वासुगौलीका राजेशदास थारू बताउँछन् । पेट्रोलियम पदार्थको सहज आपूर्ति भइरहेको बताउने सरकारले शहरमा सवारी नचलेको बेला पनि ग्रामीण किसानलाई डिजेल उपलब्ध गराउन नसक्नु लाजमर्दो भएको भन्दै किसानहरूले आक्रोश पोखिरहेका छन् ।

त्यसैगरी ठोरी गाउँपालिकाको क्षेत्रमा रहेको एउटा मात्र पेट्रोलपम्प विजयबस्तीको नेवा आयल स्टोरमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म डिजेल र पेट्रोल लिन लाइन लाग्ने गरेको छ ।

दिनभरि लाइनमा बस्दा पनि किसानको आवश्यकता अनुसार डिजेल नपाएको उपभोक्ताहरूको गुनासो छ । ३० लिटर देखि ५० लिटरसम्म मात्रै उपभोक्तालाई पम्पले डिजेल दिने गरेको छ । पम्पमा डिजेल अभाव भएकोले माग अनुसार दिन नसकेको पम्प सञ्चालकको भनाइ छ ।

यहाँ ठोरी, जगरनाथपुर, जीराभवानी गापालगायतबाट कृषकहरू डिजेल किन्न आउने गरेका छन् ।

प्रतीक दैनिकमा यो खबर प्रमोद यादवले लेख्नु भएको छ ।






LEAVE A REPLY

Please enter your comment!
Please enter your name here