×

वीरगञ्ज, जेठ १० - वीरगञ्जको नारायणी अस्पतालमा रहेको आइसोलेसन वार्डको अवस्था दिनप्रतिदिन जर्जर हुँदै गएको छ । असक्षम व्यवस्थापन र व्यापक भ्रष्टाचारका बिच नारायणीको आईसोलेशनमा उपचाररत संक्रमितहरु पिल्स्एिका छन् ।

आइसोलेसनमा उपचाररत रहेका बिरामीहरुबाट संक्रमण हुन सक्ने भन्दै स्वास्थ्यकर्मी होस् या सरसफाई कर्मचारी आइसोलेसन वार्डमा प्रवेश नै नगर्ने गरेको खुलासा भएको छ ।

आईसोलेशनमा उपचाररत रहेका पर्सेली पत्रकारहरुले सामाजिक सञ्जालको फेसबुकमा शनिबार लाइभ भिडियो सेयर गर्दै आइसोलेसनमा सरसफाई कर्मचारी आउन नमानेपछि आफुहरु स्वयम् सरसफाई गर्नु परेको बताएका छन् ।

भिडियोबाट प्रतिक्रिया व्यक्त गर्दै उपचाररत एक संक्रमितले आफुहरुको स्वास्थ्य अवस्था बुझ्न अस्पतालका स्वास्थ्यकर्मीहरु पनि वार्डमा नआउने गरेको बताए । वार्डमा रहेको शौचालयको पनि सरसफाई नहुँदा अन्य रोग त्रास श्रृजना भएको छ । शौचालयमा फोहोर र दुर्गन्ध व्यापक छ ।

कहाँ सम्म कि शौचालयमा विषालु किराहरुको बथान छ । आफैले वार्डलाइ सरसफाई गर्दा पनि सरसफाई सामग्री उपलब्ध गराइएको छैन । आइसोलेसन वार्डलाइ सरसफाईका लागि दिइएको फिनाइलमा पानीको मात्रा अधिक भन्दा पनि अधिक भएको भिडियोमा प्रष्ट देख्न सकिन्छ ।

उपचार भने पनि स्वास्थ्य अवस्था बुझ्नका लागि कोही स्वास्थ्यकर्मी पनि आइसोलेसनमा आउने गरेका छैनन् । साथै परिक्षणको रिपोर्ट पनि संक्रमितलाइ हेर्न दिइएको छैन ।

सैबिच आइसोलेसनमा संक्रमितहरुलाइ सामुहिक रुपमा राखिएको छ । यस अर्थमा आईसोलेशनमा रहेका २३ जना संक्रमण मुक्त नहुँदा सम्म सबैलाइ संक्रमणको जोखिम हुन्छ । आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाइ अन्य रोगहरु लाग्ने सम्भावना प्रबल छ ।

प्रदेश २ को एक मात्र महानगरपालिकामा शुन्य स्तरको आइसोलेसन सञ्चालन हुनु लज्जास्पद विषय हो ।

आइसोलेसन व्यवस्थापनमा संलग्न रहेको सरोकारवाला पक्ष व्यवस्थापनमा पुर्ण असक्षम प्रमाणित हुँदै गएका छन् ।

यसअघि आइसोलेसनमा खाना पस्किदै आएको महानगर तथा अस्पताल प्रशासन हाल त्यो जिम्मेवारीबाट पनि मुक्त भएको छ ।

संक्रमितहरुलाइ सन्तुलीत, पौष्टिक खाना दिनुपर्नेमा गुणस्तरहिन खाना दिएको भन्दै चर्को आलोचना सुरु भएपछि हाल खानाको जिम्मेवारी एक सामाजिक संस्थाले लिएको छ । त्यस्तै लकडाउनबाट प्रभावित भइ भोकै बाच्न बाध्य भएकाहरुलाइ अर्को सामाजिक संस्थाले खाना खुवाउँदै छ ।

आइसोलेसनमा सरसफाई र खानपिनमा शुन्य जिम्मेवारी बोध गरेको महानगर कार्यालय र अस्पताल प्रशासन हाल के काम गर्दैछ भन्ने प्रश्न उठ्न थालेको छ ।

नेपालपोष्ट दैनिकबाट साभार।

Back to top