वीरगञ्ज, जेठ १० - वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका थप ९ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।
७१ जना कोरोना संक्रमितमध्ये ९ जना शनिबार डिस्चार्ज भएका हुन् ।
उनीहरूका पछिल्लो दुई वटा रिपोर्ट निगेटिभ आएपछि डिस्चार्ज गरिएको डा. उदयनारायण सिंहले जानकारी दिए ।
डिस्चार्ज हुनेहरूमा पर्सा र रौतहटका ३÷३ जना, बाराका २ जना र एक जना भारतीय नागरिक छन् । शनिबार ९ जना डिस्चार्ज भएसँगै नारायणी अस्पतालमा उपचाररत संक्रमितको संख्या ६२ रहेको छ । अन्य २५ जना संक्रमित भने गण्डक कोभिड अस्पतालमा उपचाररत छन् ।