थप ७ जनामा कोरोना संक्रमणको पुष्टि

647

काठमाडौँ, जेठ १० – नेपालमा थप ७ जनामा कोरोना संक्रमित थप भएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा प्रदेश-५ मा ७ जना संक्रमित थपिएका हुन् ।

योसँगै संक्रमितको संख्या ५ सय ९१ पुगेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले रुपन्देहीको गैडहवामा ३, कपिलवस्तुमा ३ र गुल्मी मदाने गाउँपालिकाका १ जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।


गुल्मीका संक्रमित यसअघि मृत्यु भएका ४१ वर्षीय शिक्षकको कन्ट्याक्ट टेसिङमा भेटिएका हुन् । ती संक्रमित यसअघि कहीँ कतै नगएको बताइएको छ ।





LEAVE A REPLY

Please enter your comment!
Please enter your name here