थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ सय ८४ पुग्यो

369

काठमाडौँ, जेठ १० – नेपालमा थप ३६ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । देशका विभिन्न अस्पतलामा गरिएको पछिल्लो परीक्षण विवरणअनुसार थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार सेती अस्पतालमा ४ जना रहेका छन् । उनीहरू आरडीटी पोजेटिभ देखिएकोमा पीसीआर विधिबाट गरिएको परीक्षण पनि पोजिटिभ देखिएको हो ।


कोसी अस्पतलामा गरिएको परीक्षणमा झापाका थप एक जनामा १ जनामा पोजेटिभ देखिएको छ । त्यसैगरी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नरैनापुर मदर्साका ६ जनाको पोजेटिभ देखिएका छन् । नरैनापुर ३ को राष्ट्रिय माबि गेगली १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी नरैनापुर १ को राष्ट्रिय माबि महातनीयामा ६ जनाको नमुना पोजेटिभ देखिएको छ । बर्दियाका बढैयाताल १ जनामा पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

सुर्खेतमा गरिएको परीक्षणमा पनि ३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै ५ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्य पुरुष ५ सय ३ जना र ७८ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार नेपालमा अहिलेसम्म प्रयोगशालामा पीसीआर विधिबाट ४५ हजार ९ सय ५७ नमुना परीक्षण गरिएको छ । ८६ हजार २ सय ३५ को आरडीटी परीक्षण गरिएको छ । २४ घण्टामा ३ हजार ४ सय ९४ पीसीआर विधिबाट परीक्षण गरिएको छ भने ४ हजार १ सय १९ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ ।





LEAVE A REPLY

Please enter your comment!
Please enter your name here