वीरगञ्ज-१६ का वडा अध्यक्ष चौरसिया विरुद्ध भ्रष्टाचार मुद्दा, पद समेत निलम्बित

927

वीरगञ्ज, जेठ ९ – वीरगञ्ज महानगरपालिका- १६ का वडाध्यक्ष श्यामबाबुप्रसाद चौरसियालाई १ लाख ७७ हजारको भ्रष्टाचार मुद्दा लागेको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व छल्ने मनसायले जग्गा किनबेच गर्ने अन्य २ जनालाई पनि उनीसँगै मुद्दा चलाएको छ ।


जहराती मियाँ धुनियाको ३३ लाख पर्ने जग्गालाई ७ लाखको थैली देखाएको, मिलेमतोमा गलत घरबाटो सिफारिस गरेर न्यूनतम मूल्याङ्कनभन्दा पनि कम मूल्य देखाएको आरोप उनीहरूमाथि छ ।

बढी मूल्य परेको जग्गालाई कम मूल्य देखाएर राजस्व छली गरेको भन्दै अख्तियारले चौरसियाविरूद्ध तीन महिनादेखि तीन वर्षसम्म कैद र १ लाख ७७ हजार जरिवाना नै हुनुपर्ने मागसहित अख्तियार शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

जग्गाधनी मियाँले जग्गा बेच्दा पुँजीगत लाभकर छल्न खोजेको भन्दै जग्गाको पुँजीगत लाभकर ८२ हजार रूपैँया बीगो कायम गरेको छ । उनलाई २ वर्षसम्म कैद र ८२ हजार नै जरिवाना तिराउन अख्तियारको माग छ। उनीबाट बीगो पनि जफत हुनुपर्ने अख्तियारको अभियोपत्रमा उल्लेख छ ।

जग्गा किन्ने गयन्ती देवीले रजिष्ट्रेसन शुल्क कम तिर्न दुबैसँग मिलेमतो गरेको भन्दै ९४ हजार बीगो कायम गरेको छ। उनलाई पनि बीगो जफत, बीगो जति नै जरिवाना र दुई वर्षसम्म कैद सजाय माग गरिएको छ।





LEAVE A REPLY

Please enter your comment!
Please enter your name here