रचनात्मक क्रियाकलापमा लकडाउनको सदुपयोग

50

अमृता गैरे

नसोचेकै आयो बेला, कस्तो दिन हो यो ?
परिन्छ कि कोरोनाको फेला, कस्तो दिन हो यो ?
ज्वरो आउनै हुन्न अचेल, टाउको दुख्नै हुँदैन
आफन्तले नै गर्छन हेँला, कस्तो दिन हो यो ?

के हामीले सोचेका थियौँ, यस्तो नसोचीएको, अकल्पीत समय आउछ भनेर ! यो संकटकालीन समयले नेपाललाई मात्र होइन सारा बिश्व जगतलाई आतंकीत बनाएको अवस्थामा कोरोना भाइरसले सबैलाई घरभित्र थुनेर राखेको छ ।

सन् २०२० हाम्रो लागी श्राप बनेर आयो र बि.स २०७७ लाई पनी भंयङकर बनाएर छाड्यो । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले हाल बिश्वमै लकडाउनको अवस्था सृजना गरेको छ ।


यो भाइरसको रुप अत्यन्तै भयानक भएतापनि साधारण उपायहरु अबलम्बन गरेको खण्डमा बच्न सकीने विश्व स्वास्थ्य संगठनले जनाएको छ । सामाजिक दुरी कायम गर्ने, पटक पटक साबुनले २० सेकेण्ड सम्म मिचि मिचि हात धुने, सेनीटाइजरको प्रयोग गर्ने तथा लकडाउनको पुर्ण रुपमा पालना गर्ने जस्ता उपायहरुलाई अबलम्बन गर्न सकेमा कोरोना भाइरसबाट डराउनुपर्दैन बरु उल्टै कोरोना भाइरस हामीदेखी डराएर भाग्छ ।

यो एउटा बिश्व जगत्को लागी ठुलो समस्या आई परेको बेला आफु र अन्य मानव जगतको भलाईका लागी हौसला बढाउदै संयमित हुनु जरुरी छ । यस्तो समयमा आफुलाई ब्यस्त बनाउनु अपरीहार्य छ । भनिन्छ नी “खालि दिमाग सैतानको बास हो” (Empty mind is Demon’s House)  भनेर तसर्थ हामीले लकडाउनको फुर्सदिलो समयको सदुपयोग रचनात्मक क्रियाकलापमा गर्नुपर्छ ।

घरको काममा सघाउने, नयाँ नयाँ काम सीक्न उत्साहीत रहने, पुस्तक पढ्ने, टि.भि हेर्ने, आफन्त साथीभाईहरुसंग अपनत्व बढाउने जस्ता क्रियाकलाप गरेर आफुलाई उर्जाशील बनाउन सकिन्छ । यसका साथै विभिन्न लेखहरु लेख्ने, ज्ञानबद्र्धक कुराहरको खोजी गर्ने नेटको सही सदुपयोग गरेर पनि हामीले लकडाउनको समयलाई सदुपयोग गर्न सक्छौ ।

विगतमा यस्तो जोखिम परिस्थितीको सामना नगरेको हुँदा जोखीम अवस्थालाई स्वीकार गर्न सबैलाई हम्मे हम्मे पर्नु स्वभाविक हो, तर यति भनिरहँदा हाम्रो स्तर भन्दा पनि कैँयौँ गुना आर्थिक अवस्था कमजोर भएका मानिसहरुलाई हेरेर पनि सन्तुष्ट हुनुपर्छ ।

एकपटक सोचौ त साँझ बिहानको छाक टार्नका लागि आफु नखाएर आफ्ना सन्तानको पेट भर्नका लागि दिनभरी पसिना चुहाउँदै श्रम गर्ने श्रमिकहरुको दैनिकी कसरी चल्दै छ होला ?

विभिन्न संघ संस्था तथा स्थानिय निकाय र सरकारले राहत वितरण गरीरहेको भएतापनि राहत सम्बन्धित व्यक्तिसमक्ष पुग्न नसकेको अवस्था कायमै छ । सबैलाई सर्वविदितै भएको कुरा हो, राहतमा राजनिति भइरहेको र राहत वितरणमा पनि नातावाद र कृपावाद हावि भएको कारण विभिन्न क्षेत्रमा राहत बाँड्दा पक्षपात गरेको भन्दै झडप समेत भइरहेको अवस्था छ अहिलेको परिवेशमा ।

उच्च ओहोदाका जिम्मेवार व्यक्तिबाटै गैरजिम्मेवार व्यावहारका कारण गरीब, विपन्न तथा श्रमिकहरु नै बढी चपेटामा पर्ने गरेका छन् । तर यो मात्रै वास्तविकता हैन, यसका अलावा आफ्ना निजि स्वार्थलाई त्यागेर निष्पक्ष र पारदर्शि भएर कुनै पद तथ भोटको परलोभन नगरेर राहत वितरण गरी दीन दुखीको सेवामा लागिरहेका समाजसेवीहरु पनि यही समाजमा छन् । दुइ हातका दश औँला जोडेर नमन गरौ त्यस्ता समाजसेवीलाई अनि समपुर्ण सहयोगी मनहरुलाई ।

अहिले नेपालमा पनि दिनानुदिन कोरोनाबाट संक्रमित हुनेको संख्या बढीरहेको अवस्थामा पनि कोरोना भाइरसबाट डराउनुको साटो उल्टै सुरक्षाकर्मीदेखी डराएर हामी आफैले जोखीम मोलिरहेका छौँ । परिणामस्वरुप हामी सुरक्षाकर्मी हैन रोगदेखी डराउनुपर्छ । अनि चोक चोकमा गल्ली गल्लीमा गर्मिको समयमा पनि गर्मिको अनि झरीको समयमा झरीको प्रवाह नगरी हाम्रो पहरेदारको रुपमा खटिएका सम्पुर्ण सुरक्षाकर्मीहरुप्रति सलाम ।

अहिले हामीले सुरक्षाकर्मीलाई ठगिरहेका छौ भने मनैदेखी मनन गरौ हामीले अफुले आफैलाई ठग्दै छौ भनेर ।

लकडाउनको समयमा घरमा बस्दा दिक्क लाग्यो भनेर घर बाहीर निस्किएका थुप्रै दृश्यहरु देखापर्छन बजारमा । तर यो संकटपुर्ण अवस्थामा बाहिर निस्किनु भनेको आफु सँग सँगै आप्mना परिवारलाई पनि जोखीममा पार्नु हो । अत्यावश्यक काममा बाहिर निस्किनु परेमा सुरक्षाका सावधानीहरु अपनाएर सामाजिक दुरी कायम गरेर गर्न सकिन्छ ।

यति गर्न सकेको खण्डमा हामी त सुरक्षित हुन्छौ, हुन्छौ यसका साथै हाम्रो परिवार, छरछिमेक पनि सुरक्षित हुन्छ । अनि छरछिमेक सुरक्षित भए समाज पनि सुरक्षित यसरी हामी सबैले यस्तो विषम परिस्थितीको सामना गर्न आँट गरेर कोही पनि घरबाहिर ननिस्कने प्रण गरेर आफु पनि बचौ अनि अरुलाई पनि बचाऔँ ।





LEAVE A REPLY

Please enter your comment!
Please enter your name here