नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

306

काठमाडौं, जेठ ९ – नेपालमा २० जनामा संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ५ जना नयाँ कोरोना भाइरस संक्रमित भेटिएका छन् । बाँकेका १४ जना र मोरङका १ जना गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ५ सय ८ पुगेको छ । जसमध्ये पुरुष ४ सय ३३ छन् भने महिला ७४ जना रहेका छन् । ७० जना भने निको भएर घर फर्किएका छन् । आज मात्रै २१ जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा २४ घण्टाको अवधिमा ३ हजार ८ सय ११ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ भने ३ हजार ४ सय २१ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ ।

नेपालमा कुल ४२ हजार ४ सय ८८ नमुना पीसीआर विधिबाट परीक्षण गरिएको छ । त्यसैगरी आरडीटी ८२ हजार १ सय १६ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ । आइसोलेसनमा ४ सय ३३ जना रहेका छन् ।





LEAVE A REPLY

Please enter your comment!
Please enter your name here