×

वीरगंज, जेठ ६ – नेपाल सरकारले लगाएको लकडाउन ब्यवस्थापनमा तीन तहको सरकार फेल भएको हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले बताए।कोरोना भाइरस लागेका बिरामी हुन वा करोनटाइममा बसेका नागरिक लाई दिने नास्ता,खाना होस वा सरसफाईको ब्यवस्थापन आफैमा लाजमर्दो अस्वस्था रहेको बताउनुभयो।मुलुकमा हजारौ नागरिक पीड़ादायी अवस्थामा रहेका छन।

ती नागरिक सित सौतेला ब्यवहार किन त ? तीन तहको सरकार संग सम्पूर्ण स्रोत साधन हुदा पिन भोकले छटपटाउनु र सरसफाईको अभावले गर्दा अझै बिरामीहरु बड़ी पीड़ादायी अस्वस्था रहेको पटेलले बताए।

वर्तमान अवस्थामा पूरा विश्व आफ्ना नागरिकको जीवन रक्षाको लागि कार्य गरी रहेको बेला हाम्रो मुलुकमा कोरोना बीमारी पीड़ित हुन वा करोनटाइममा बसेका हुन वा आम नेपालीको उचित ब्यवस्थापन गर्नु भन्दा बड़ी राजनीति भई रहेको बताउदै अगामी दिनमा सम्बन्धित निकायको यस्तै रबैया रहयो भने जनता बिद्रोह गर्न पनी बेर छैन।हिंदीमा एउटा उखान छ मरता क्या नही करता भने झै समयमा सजक,सतर्क र सईएम हुन पटेलले सरोकरवालालाई अनुरोध एवं आग्रह गरेका छन।

एक फरक प्रश्गमा पटेलले भने लकडाउनको मौका छोपी मुलुकको प्रमुख राजनीतिक दल एवं सुरक्षा निकायको मिलिमतोमा गौ हत्या र तस्करी तीब्र रुपमा हुदा समेत पक्राउ नपर्नुले आफै संका जन्माएको पटेलले बताउनुभयो।

सनातन धर्मको उदगम स्थल हो हाम्रो देश।९४% ओमकार परिवार भएको मुलुकमा एस्तो कार्य हुनाले विश्वमा नेपालको बेइजती गराएको छ।किनकी गाई हाम्रो राष्ट्रिय जानवर पनी हो।पटेलले भने हाम्रो मुलुक आराध्य देव भगवान पशुपतिनाथको आशिर्वाद बाट चलेको छ, हरेक परिस्थितिमा उहाँले नेपालीको कल्याण गर्दै आएका छन भने अगामी दिनमा पनी कम छतिमा नेपालीहरुको रक्षा गर्नु हुनेछ भनी पटेलले प्राथना गरेका छन।

सरकार सूते पनि एक नेपालीले अर्को नेपालीलाई भोकै मर्न दिने छैनन भनी मईले बिश्वास लिएको पटेल बताए।संचारकर्मीहरु संग कुराकानी गर्दै पटेलले सो कुरा बताएका हुन।महामारिको बेला पनि भस्टाचार गर्न खपिस छन हाम्रो देशका नेताहरु,उहाँहरुलाई भगवान पशुपतिनाथले सद्बुद्धि दिउन भनी कामना गर्दछु पटेलले भने।हाल मुलुकमा तीन तहको सरकार,संसाद,बिधायक समेत रहेको बेलामा पनि नागरिक पीडामा छन।

Back to top