सरकार गम्भीर नभए हामीले आफ्नो भुमि गुमाउनेछौँ

83


मेराजुल हवारी

नेपाली विज्ञहरू कालापानी क्षेत्र नेपालको भूमि भएको र भारतले बलमिच्याइँ गरेको बताउँछन । तर कालापानी आफ्नो नक्सामा पारेपछि भारत भन्छ, ‘७० वर्षदेखि चलेको सीमा’ हो ।

भारतको लागि नेपाली भूमि मिच्नु नौलो कुरा हाेइन । यो देशको सार्वभौमिक्तामाथि पटक पटक भारतले हस्तक्षेप गर्दै आएको छ तर अब नेपालि जनता चुप बस्ने छैनन् । मित्र राष्ट्र भन्दै आएको भारतको यो रवैया प्रति नेपालि जनताको गम्भीर ध्यानआकर्षण भएको छ । नेपालले अब यो मुद्दा अन्तराष्ट्रिय स्तर सम्म पुर्‍याउने आवश्यकता देखिन्छ ।

भारतले केहि दिन पहिला नेपाली भूमि लिपुलेकमा बनाएको सडक उद्धघाटन गरेको कार्यप्रति नेपालमा व्यापक विरोध भएको छ । विश्व नै महामारी विरुद्ध लडिरहेको बेला आफुलाई नेपालको असल मित्र भन्न कहिलै नचुक्ने भारतले नेपालि भूमि अतिक्रमण गर्नु धोका हो ।



हुन त नेपाल सरकार स्पष्ट छ र सधै भन्दै आएको छ कालापानी क्षेत्र नेपालको भूभाग हो । तर देशको नक्सामा किन समेट्न सकिएन कुरा अस्चार्या जनक छ ।

दुष्ट छिमेकीकाे विरुद्धमा नेपालका पुर्व तथा तत्काल सरकार गम्भिरतापूर्वक छलफल नगर्नुको उपज हो । लिपुलेकमा भारतले गरेको सडकको उद्धघाटन ।

अब पनि सरकारले यस विषयमा गम्भिरतापूर्वक निर्णय लिएन भने कालापानी नेपालले गुमाउने छ । देशमा अब बिरोधको आगो शल्कि सकेको उदाहरण हो । देशकै ठुलो संगठन अनेरास्ववियूले भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीको पोखरामा पुत्ला दहन र माइतीघर मण्डलामा बिरोध प्रदर्शन । अब पनि सरकार आफ्नो जिम्मेवारीबाट पंक्षीन खोजे जनताले मुल्यांकन गर्ने छ ।

हवारी अनेरास्वयियूसँग आबद्ध छन् ।