भारतमा कोरोना भाइरसले २५ सयको मृत्यु, ७८ हजारभन्दा बढी संक्रमित

39

काठमाडौं, जेठ १ – भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २ हजार ५ सय नाघेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप १३६ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या २ हजार ५५१ पुगेको छ ।


एकैदिन अरु ३ हजार ७६३ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ७८ हजार ५५ पुगेको छ ।

४९ हजार १०४ जनाको उपचार भइरहेको छ भने अहिलेसम्म २६ हजार ४०० जना निको भएका छन् ।

कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखि लकडाउन जारी गरिए पनि क्रमिक रुपमा खुकुलो बनाउँदै लगिएको छ । मंगलबारदेखि भारतमा सीमित संख्यामा रेल सेवा सञ्चालन गर्न दिइएको छ ।