×

वीरगञ्ज, बैशाख ३१ - वीरगञ्जको नारायणी अस्पतालको आइसोलेशन वार्डबाट फरार भएका दूई जना कोरोना भाइरसबाट संक्रमीत मध्य एकजन फेला परेका छन ।

भागेका मध्य एक जनालाई नेपाल प्रहरीले तिलावे पुल नजिक बाट नियन्त्रणमा लिएको हो । उनलाई तिलावे पुल कटेर पश्चिम जादै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको पर्साका प्रही नयव उपरिक्ष बीरेन्द्र बहादुर शाहीले बताउनु भयो ।

उनी लागु औषध मुद्धाका थुनुवा हुन । उनी बिरुद्ध पर्सा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

भागेका अर्का एक जना वीरगञ्जकै गहवामा रहेको दुर्गा चलचित्र मन्दीरको नजिक रहेको सूचना प्राप्त भएपछि उनलाई लिन टोली जादा उनी भागी सकेको अस्पताल स्रोतले बताएको छ ।

उनीहरु दुबै जना अस्पतालको शैचालयको भेन्टिलेटर तोडेर त्यहीबाट बाहिर हाम फालेर भागेका थिए । आइसोलेशनबाट भाग्ने अर्का एक जनाको खोजीकार्य भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

पर्साका प्रहरी प्रमुख गंगा पन्तले पनि दुई जना संक्रमित अस्पतालबाट भागेको खबर आएको बताउनु भयो । उहाँले र आफू पनि त्यसतर्फ जान लागेको जानकारी दिनु भयो ।

भागेकाहरुलाई खोजी गर्न प्रहरी परिचालन भएको छ । घरपरिवार र आफन्तजनलाई समेत उनीहरुलाई घरमा नराखी आइसोलेशनमा पुर्याउन अस्पताल प्रशासनले आग्रह गरेको छ ।

Back to top