×

वीरगंज २८ बैशाख । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पप्पु कन्स्ट्रक्सनको विषयमा संसदमै कुरा उठाउनु भएको छ ।

डा. भट्टराईले आफना पार्टीका निलम्बित सांसद हरिनारायण रौनीयारको निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनको छवि राम्रो नभएको बताउनु भएको छ । डा. भट्टराईले उहाँको निर्माण कम्पनीको विषयमा कुनै ढाकछोप गर्नु नपर्ने समेत बताउनु भयो ।

शुरु भएको बजेट अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै डा.भट्टराईले यस्तो बताउनु भएको हो । उहाँले मुद्दा चलेको ढेड वर्ष भइसकेको बताउँदै मुद्दा छिटो टुंगोमा पुर्याउनु पर्ने बिचार व्यक्त गर्नु भयो ।

डा. भट्टराईले पर्सा निर्वाचन क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियारको सन्दर्भलाई जोड्दै सांसदका मुद्दालाई छिटो मिलाउनु पर्ने बताउनु भयो ।

तर उहाँले यसो भनेर दण्डहिनतालाई बढावा दिन नखोजेको प्रष्ट पार्नु भयो । निलम्बित सांसद रौनीयर पप्पु कन्स्ट्रक्सन कम्पनीले गरेको भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका हुन् ।

Back to top