महामारीले सबै वर्गलाई समान अवस्थामा पुर्‍यायो – छोटेलाल यादव

69

मानवजातिको इतिहास हेर्ने हो भने हामी धेरै किसिमका महामारीको चपेटमा परेको छौँ । तर अहीले चलिरहेको महामारी, मानवजातीको इतिहासमा पहिलो पटक बिश्वलाइ नै डिस्टर्ब गरेको छ । यो महामारीले सम्पुर्ण मानवजातीलाई कैदी गर्ने आवस्था सिर्जाना गरेको छ | तसर्थ सबैले यो घडीमा आफुलाई असुरक्षीत मससुस गरिरहेका छन । नयाँ कुरा के पनी आएको छ भने, पहिलो पटक होला सायद सबै वर्ग समान चिन्तित देखिएका छन् ।

यसको निकासको निम्ती बिश्वका शक्तिशाली मुलुकहरु साथै अन्य मुलुकहरु पानी यसको उपचारको लागी औषधी खोजीमा व्यस्त देखिन्छन | यसले विश्व भारीका मुलुकहरु लाइ समान स्थानमा ल्याए पनी, माइग्रेन्ट मजदुर वर्गलाइ पिडा थपेको छ । श्रमिक मजदुरहरुको अवस्था दिनदिनै नाजुक हुँदै गइरहेको छ । उनीहरुको जीवन यापन गर्ने अधार पूर्ण रुपले लथालिङ्ग एवम् भताभुङ्ग बनाएको छ ।


यो समस्याको प्रवृति ठुलो भएको हुनाले सरकारको भूमिका अत्यन्त आवश्यक छ । आम नागरिक देखि सरकारको माथिलो निकाय सम्मको सहकार्य हुन् जरुरी छ । नेपालको परिवेशमा हेर्ने हो भने, श्रमिक वर्गको वकालत गर्ने पार्टीनै सत्ता चलाइरहेको छ । लामो समय देखी श्रमिक वर्गको एडभोकेशी गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को केन्द्रमा लगभग २/३ को बहुमतको सरकार छ र प्रदेश सरकारहरुमा ७ मध्ये ६ मा नेतृत्व लिएको छ । यस अवास्थामा यो प्रकारको सरकार हुनु सकारात्मक कुरा हो । यो विशेष परिस्थितिमा सरकारले दुईवटा मुख्य कदम चाल्नु पर्ने आवस्यकता छ ।

पहिलो नागरिकको स्वास्थ सम्बन्धि चासो मुख्य हुनु पर्छ र अर्को फेजमा श्रमिक वर्गको जिविका चलाउन प्रसस्त राहतको व्यवस्थापन गर्नुपर्दछ । हाम्रो मुलुकको जनचेतना स्थर कम भएको हुनाले, जनचेतना प्रसस्त मात्राम फैलाउन आवश्यक छ । कोभीड-१९ सम्बन्धि सूचना सामाजिक सञ्जाल एवम् विद्युतीय मीडिया मार्फतले जनसमुदायमा पुर्‍याउन सक्नुपर्छ ।

हामी समाजिक प्राणि हौ, समाजमा स्वाभाविक रुपमा हरेक किसिमका मान्छे हुन्छन । यहा राजीनितिक साथै गैरराजनीतिक सबै चरित्रका व्यक्ति हुन्छन र यहि बाट नै हामीले जनप्रतिनिधि पानी चुनेका हुन्छौँ । हामीले चुनेका सबैले काम गर्न नसक्नुको कारण के होला? चाहिने जतिको बचेट छ, अधिकार प्राप्त हुदा पानी किन असफल? किनभने, कुनै पानी काम गर्न इच्छा शक्ति चाहिन्छ र हामीले चुनेका केही पात्रहरुको गैर राजनीतिक चरित्रका हुन्छन । तसर्थ हामी निरास हुनु पर्छ ।

प्रत्येक दिन हजारौको संख्यामा श्रमिकहरु सडकमा अलपत्र परेको हामी सञ्चार माध्यम र सामाजिक सञ्जालमा देखछौ र हामीसँग सरकारको आलोचना बाहेक केही गर्न सक्दैनौ । अब प्रश्न आउँछ, आखिर किन सरकार मौन छ? बिदेशमा फसेका नागरिकको उद्दार किन गर्न सकिरहेको छैन? श्रमिक मजदुरहरुलाई अहिले सम्म व्यवस्थापन किन गर्न सकिएन?

जुन वर्गको राजनीतक पहुँच छैन | सामाजिक स्थरबाट कमजोर देखिन्छन, त्यो वर्गको लागि नाबोल्दिनु अहिलेको राजनीतक नेतृत्वहरुको लागि श्राप नबन्ला भन्न सकिन्न । राहतकै कुरा गर्ने हो भने यो वर्ग अत्यधिक पिडित छ, सायद जनप्रतिनिधिहरु गैर राजनीतिक भएर पनि होला । जनप्रतिनिधिहरु राजनीतिक भएका भए, यो समस्या हुदैन थियो होला । तसर्थ जिम्मेवारी बोध गर्न आहिलेको आवस्यकता हो ।

हाम्रो देश सायद लामो सम्म लकडाउन थेग्न नसक्ला । आर्थिक भार दिन दिनै बढिरहेको अवस्था छ, कलकरखाना बन्द ठप्प परेको अवस्था छ । मुलुकले ठुलो आर्थिक भार सहन नसकने आवस्था छ । पर्यटन वर्ष स्थगित हुन साथ् , त्यो क्षेत्रमा परेको समस्या पनि ठुलो छ । पर्यटन मजदुरहरुको व्यवस्थापन मूल च्यालेन्ज हुन सक्छ । तसर्थ, स्तार्कथा अपनाउँदै सरकारले यो बेला उद्योगहरु सञ्चालनमा लयाउनुको विकल्प छैन ।