जनकपुर राजधानी बनाउने अनि कोरोनाका विरामी वीरगञ्ज पठाउने-मेयर विजय सराबगी

1609

वीरगञ्ज महानगरपालिका मेयर विजयकुमार सरावगी प्रदेश सरकार र केन्द्र सरकारप्रति असन्तुष्ट छन् । कोरोना भाइरसको संक्रमणका बखत प्रदेश र केन्द्र सरकारको कार्यशैलीको आलोचना गर्छन् । उनी यसै विषयमा सरावगीसँग ऋषि धमलाले गरेको कुराकानीः

त्यहाँ कोरोना संक्रमणको संख्या ह्वात्तै बढ्यो नि ?


यो त सबैलाई थहा छ । पहिलादेखि नै वीरगञ्ज इपीसन्टर हुन्छ भनेर सबैले भनिराखेका छौं । यहाँ जुन तरिकाले सिरियस भएर परीक्षण हुनुपथ्र्यो त्यो कहिल्यै भएन । बल्लतल्ल पीसीआर मेसिनहरु हिजोदेखि चालु भएको छ । अहिले पनि हामीसँग किटको अभाव छ । बिनाकिट परीक्षण गर्द सकिँदैन । परीक्षणलाई तीब्रता दिने हो भने कोरोनाका धेरै केसहरु लुकेर रहेका हुनसक्छन् । जब सम्भावित ठाउँहरुमा परीक्षणको दायरा बढाउँछौं तब मात्र थाहा हुन्छ पोजिसन कस्तो छ भनेर ।

एकै परिवारका १७ जनामा संक्रमण कसरी देखियो त ?

यो स्वाभाविक कुरा हो । विश्वब्यापी मान्यता पनि छ । एक संक्रमितलाई खुल्ला छोडियो भने ४ सयभन्दा बढीलाई फैलाउन सक्छ भनेर । परिवारमा एकजना संक्रमित भएरसँगै बस्यो भने अरु परिवारलाई संक्रमण देखिइहाल्यो नि । पहिला हामीले १३ सयभन्दा बढीको आरडीटी टेष्टहरु गरेका थियौं । त्यसले सबै गलत रिपोर्टहरु दिएको छ । परीक्षणको दायरा बढाउनुपर्ने हामीले पहिलादेखि नै भन्दै आएका हांै । हिजोबाट बल्ल पीसीआर मेसिन जडान भएको छ ।

भारतसँग सीमाना जोडिएको ठाउँ वीरगञ्जवासीलाई जोगाउन कस्तो रणनीति अपनाउनुभएको थियो ?

जुन इलाकामा संक्रमितहरु धेरै देखिएका छन् । त्यो ठाउँलाई हामीले सिल गरेका छौं । अब वीरगञ्जलाई बँचाउन सील गरिएका एरियामा बढीभन्दा बढी परीक्षण गर्न सकियो भने कतिमा संक्रमण छ त्यो क्लियर हुन्छ । अहिले एदमै भयावह स्थितिमा वीरगञ्जवासी छन् । यहाँ अहिले एकमै धेरै परीक्षणको दायरा बढाउनुपर्ने भएको छ । दिन तीन सयभन्दा बढीको परीक्षण गर्न सक्ने क्षमता हामीसँग छैन । त्यसैले अहिले केही भन्न सक्ने अवस्था छैन । यहाँ छुट्टै कोरोना अस्पतालको आवश्यक छ । अहिलेसम्म नारायणी अस्पताललाई भनेका छौं । त्यो पुरै ठप्प छ । यहाँ दुईवटा कुराको आवश्यकता छ । एउटा कोरोना अस्पताल र अर्को छिटोभन्दा छिटो परीक्षणको व्यवस्था हुनुपर्छ । कोरोना अस्पालको लागि हामी प्रदेश सरकार र संघीय सरकारसँग माग ग¥यौं । तर, त्यो कोरोना अस्पतालको विषयलाई लिएर यति धेरै राजनीति भयो कि अहिले त माग गर्न पनि लाज लाग्न थालिसक्यो । हामी त्यो स्पताल कसको लागि मागिरहेका छौं । जब कि यहाँ प्रदेश सरकार छ । उहाँहरु के हेरेर बस्नुभएको छ ? उहाँहरुले व्यवस्था पनि गर्न सक्नुभएन र हामीलाई विकल्प पनि दिन सक्नुभएन । जसरी यहाँ पहिलादेखि समस्या देखिएको थियो त्यो हेरेर अहिलेसम्म जसरी ह्याण्डिलिङ हुनुपथ्र्यो त्यसरी व्यवस्था भएको छैन । जसरी वीरगन्जलाई कोरोना सेन्टर बनाइएको छ । त्यसअनुसार जुन व्यवस्था सरकारले गर्नुपर्ने हो त्यो हुन सकेको छैन ।

हामीसँग अहिले प्रदेश र संघीय सरकारको डाइरेक्ट सम्पर्क छैन ?

बडा मुस्किलले अहिले गण्डकी अस्पताललाई कोरोना अस्पताल बनाउने भन्ने सुनिएको छ । त्यहाँ पनि दोहोरो राजनीति पसिसकेको छ । त्यसैले त्यो निर्णय पनि छिटो आउनेवाला छैन । हामीले लाशको राजनीति नगरौं भनेर पटक–पटक भन्दा पनि सरकारले ध्यान दिएको छैन । यसको बारेमा त भोलि जनताले जवाफ दिनुहोला । उनीहरुलाई खाली जिल्लाबाट बिरामी राख्ने धन्दा मात्रै नरौं भनेर हामीले पटक–पटक भनिरहेका छौं । वीरगञ्ज सबैतिरबाट लिडरसिप लिन तयार छ । राजधानी लगेर जनकपुर बनाउने अनि बिरामीलाई यहाँ पठाउने । पहिला बीरगन्ज, राजविराज र जलेश्वरमा कोरोना अस्पताल बनाउने भनियो । अनि अन्त कही छैन वीरगन्ज पनि नारायणी अस्पताललाई बनाइयो । जहाँ कोरोनाभन्दा बढी अरु रोगको बिरामीहरु आउँछन् । तीनजनाको डायलासिस नपाएर मृत्यु भइसक्यो । कोरोनाबाट बरु अहिलेसम्म हाम्रो देशमा एउटा पनि मृत्यु भएको छैन । तर, डायलासिस नपाएर तीनजना मान्छे मरिसके । त्यसको जिम्मेवारी कसले लिने ? जसरी कोअडिनेसन हुनुपथ्र्यो त्यो छैन । स्वास्थ्यमन्त्रालय एकातिर हिँडिरहेको छ, प्रदेश अर्कोतिर हिँडिरहेको छ । एउटा पनि काम सिस्टमले भएको छैन ।

वीरगञ्जमा जसरी उच्च जोखिम बढेको छ, त्यो अनुसार कोरोना अस्पताल बनाउन प्रदेश र केन्द्र दुवै सरकारले सहयोग गरेन हो ?

जसरी जोखिम बढेको छ त्यसरी सरकार सिरियस नै देखिएन । चैतमा निर्णय भएको वीरगन्जमा कोरोना अस्पताल बनाउने भनेर क्षेत्रीय डिभिजनमा निर्णय भएको छ । खोइत डिभिजन कार्यालय सक्रिय भएको ? यसलाई व्यवस्थित बनाउन भनेर डेढमहिना भइसक्यो बोलेको तर कुनै कोअडिनेसन भएन । वीरगन्ज इपीसेन्टर बनेको थाहा छ । यहाँ सबैको उपचार गर्नुपर्ने पनि थाहा छ । अनि हामीसँग कोअडिनेसन छैन भने योभन्दा कति चिच्याएर हामी बोल्ने ? यस्तो हुनुमा यहाँ कही न कहीं राजनीति घोसेको छ । अहिले नै हामी सिरियस भनौ भने भोलि हजारौं रोगी देखिन सक्छन् । जब एउटै परिवारका १७ जनालाई देखियो भने भोलि हजारौं मानिसमा निस्किन सक्छ । अनि त्यतिबेला के गर्न सकिन्छ ?

प्रदेश नं. २ को सरकारले एउटा कोभिड अस्पताल किन बनाउन सकेन ?

हामीले नारायणीमा एउटा छुट्टै कोभिड अस्पताल चाहियो भनेर ८ गते नै लेखेर पठाइएको हो । त्यसलाई पटक–पटक रोक्ने काम भएको छ । यहाँका कम्युनिस्ट साथीहरु सबै भएर कोभिड अस्पताल बनाउने भन्नुभयो । फेरि त्यसमा राजनीति पस्यो । आफ्नै मान्छेहरुको विरुद्ध बोल्न पनि गाह्रो भइसकेको छ । कम्तीमा हजार बेडको अस्पताल बनाउनुपर्ने आजको दिनमा आवश्यकता छ ।

स्वास्थ्यमन्त्रीकोमा पनि भनिसक्नुभएको छ ?

यो समस्याबारे सबै ठाउँमा भनिसकिएको छ । हामीले माग गरेको कुरा हुन्छ कि हुँदैन यत्ति त भन्दिँनुप¥यो । के गरेर बसेका छन् ? केन्द्रीय मन्त्री, प्रदेश मुख्यमन्त्रीहरु ? कमसेकम भनिदिनुप¥यो, ‘लौ वीरगञ्जमा कोभिड अस्ताल नबन्ने भयो हामीहरु अन्तै व्यवस्था गर्दैछौं ।’ त्यहाँ जति पनि विरामीहरु निस्कन्छन् त्यसलाई फलाना ठाउँमा पठाइदिने त्यो पनि भाषणमा मात्रै सीमित छ ।

यत्रो समस्या देखिँदा पनि उहाँहरु कोभिड अस्पताल बनाउन तयार हुनुभएको छैन ?

ऋषिजी त्यो जवाफ त उहाँहरुले दिनुप¥यो नि । हामीले माग गरेकागरेकै छौं ।

नारायणी अस्पताल त सर्वसाधारणले सबैले उपचार गर्ने ठाउँ हो, त्यसलाई कोभिड अस्पताल बनाउँदा उहाँहरुलाई समस्या हुँदैन त्यसमा तपार्ईहरुको ध्यान छ ?

कोरोना रोकथाम उपचार व्यवस्थापनमा संघ र प्रदेश सरकार कहीं पनि सफल हुन सकेन । नारायणी अस्पताल सम्पूर्ण सर्वसाधारको उपचार गर्नुपर्ने ठाउँ हो । यसलाई कोभिड अस्पताल बनाएर अहिले अन्य रोगका बिरामीहरु प्रताडित भएका छन् । यो अस्पताल साढ तीन सय बेडको अस्पताल हो । त्यसलाई लगेर हामीले कोभिड अस्पताल बनाइदिएपछि सर्वसाधारणको हाल के भयो ? लौ हतार भयो बनाइयो त्यो पनि २५ दिनबितिसक्यो अर्को ठाउँमा किन व्यवस्थापन गर्न सक्नुभएन । यो हेर्दा उहाँहरुसँग काम गर्ने प्लानिङ नै छैन । प्रदेश सरकारले केही काम गरेको छैन । यहाँ एकदमै लाजमर्दो अवस्था छ ।

वीरगञ्जलाई संक्रमणबाट सुरक्षित राख्न कस्तो गुरुयोजना बनाउँदैहुनुहुन्छ ?

त्यहाँ पनि जम्मा ५० बेडभन्दा क्षमता छैन । त्यसकारण जसरी चाइनाले गरेका थिए । त्यस्तै अब हामीले पनि संमित बढ्डै गए भने उनीहरुकै घरमा थुनेर राख्नुपर्ने अवस्था हुन्छ । केन्द्र र प्रदेश सरकारका प्रतिनिधिहरु राजनीति खिचातानीबाट आथि उठ्नुस् । रोगले ठूलो–सानो भन्दै जीवन रहे सबैथोक हुन्छ । त्यसैले सबै मिलेर देश र जनतालाई भयाबह अवस्थाबाट जोगाउनतिर लागौं । यो विश्व महामारी हो । विश्वमा मानवतामाथि प्रश्न उठिरहेको छ । जब मानव नै रहेन भने केको राजनीति गर्ने ।

अरु सबै महानगरपालिकामा कोभिड अस्पताल छ तर वीरगञ्जमै किन हुन सकेन ?

प्रदेश सरकारले जुन दिन महामारी आउँछ त्यही दिन तातिने जस्तो गरेर हेरेर बस्ने । यसको लागि तागेता गर्न म आफै वीरगञ्ज गएको थिएँ । मलाई लाग्छ उहाँहरुलाई प्लानिङ नै थाहा छैन । मिनेटमिनेटमा चेन्ज गरिरहनुहुन्छ ।

वीरगन्जको लागि प्रदेश सरकार बेखबर भएको हो ?

यो अन्तर्राष्ट्रिय महामारी भएकाले पहिलो जिम्मेवारी केन्द्रीय सरकारको हो । केन्द्रले प्रदेश सरकारको जिम्मामा छ उसले काम गर्नुप¥यो यदि होइन भने केन्द्रले हेर्नुप¥यो । हामीले हाम्रो क्यापासिटिले भ्याउने सम्पूर्ण काम गरेका छौं । सबैभन्दा नौलो कुरा सबै चिजको केन्द्र वीरगञ्जलाई बनाउनुभयो । मलाई नै थाहा हुँदैन के भइरहेछ यहाँ । विज्ञहरुबाट हुनुपर्ने काम राजनीति कार्यकर्ताहरुबाट भइरहेको छ । यो ढंगले कोभिडको समस्या हल हुनेवाला छैन ।

रक्सौल नाका सिल गर्नुभयो त ?

सीमाना त हामीले सकेसम्म टाइट गरेका छौं । नाकाभन्दा पनि समस्या त जसले पहिला कोरोना बोकेर आयो । त्यसले त हाम्रो समाजमा भिजाइसकेको छ नि । भित्रभित्रै समुदायमा प्रवेश गराइसकेको छ । जुन मात्रामा हामीले परीक्षण गर्नुपर्ने थियो त्यो गर्न सकिएको छैन । बीस दिन अगाडि संक्रमित भएकाहरुले कति जनालाई सारेका छन् केही थाहा छैन ।

उद्योगपतिहरुले त उद्योग सञ्चालन गर्छौं भनेका छन् त त्यो सम्भव छ ?

वीरगञ्ज भनेको एउटा महत्वपूर्ण औद्योगिक नगर हो । यहाँबाट धेरैलाई रोजगारी दिन सकेका थियौं । आउँदा दिनमा धेरैलाई क्राइसिस हुनेवाला छ । अहिलेसम्म खाली कोरोनाकोरोना भनेर बसेका छौं आगामी दिन त्यसलाई कसरी मेनेज गर्ने कसैको ध्यान छैन ।