×

वीरगंज, २१ बैशाख । पर्सा जिल्लाका सम्पुर्ण राष्ट्रिय दलका अध्यक्ष र नगरप्रमुखले प्रजिअ मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन् ।

सो ज्ञापनपत्रमा कोभिड–१९ महामारीको कारण मध्य तराई सबैभन्दा बढी प्रभावित रहेको र सरकारको समन्वयात्मक व्यवहार नदेखिएको उल्लेख छ ।

सर्वसाधारण जनतालाई स्वास्थ्य सेवा दिंदै आएको नारायणी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरेपछि सर्वसाधारण नागरिकले समयमा उपचार नपाएका कारण अकालमै मृत्युवरण गर्नुपर्ने अवस्था उत्पन्न भएकोले गर्दा अन्यत्र कोभिड अस्पताल सञ्चालन गर्नको निम्ति माननीय स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

वीरगंज महानगरपालिकामा आज बसेको सर्वदलिय समितिको बैठकमा नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, अजयकुमार द्विवेदी, जसपाका रामनरेश प्रसाद यादव, जसपाका अध्यक्ष जगदिश पटेल, नगरप्रमुख बिजयकुमार सरावगीको संयुक्त हस्ताक्षर ज्ञापनपत्रमा रहेको छ ।

Back to top