×

वीरगंज २० बैशाख । पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष सलमा खातुनका श्रीमान हनिफ अंसारीले केही दिन पहिला गाउँपालिकाको कार्यालबाट १० लिटर तेल लगेको गाउँपालिकाको सिसिटिभी फुटेजमा स्पष्ट रुपमा देखिएको छ पछि तेल चोरीको घटना छताछुल्ला भएको छ ।

तर हाल सम्म अंसारीले आफुले तेल चोरी नगरेको दाबी गर्दै आएका छन् । तेल चोरीको घटनाका बारेमा गत बैशाख ११ गते विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन एवं प्रशारण भएको थियो । सो घटनालाई ढाकछोप गर्न वडा अध्यक्षका श्रीमान रहेका हनिफ अंसारीले विभिन्न अनलाईन सञ्चारमाध्यमहरु माथि प्रेस काउन्सिल नेपालमा उजुरी समेत दिएका छन् ।

अंसारीले आफु तेल चोरी नगरेको दाबी गरे पनि गाउँपालिकाले सिसिटिभी फुटेजमा तेल चोरी गरी लगेको देखिएपछि गाउँपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले गत बैशाख १६ गते गाउँपालिमा उपस्थित हुनका लागि पत्र समेत काटेका छन् ।

वडा अध्यक्षका श्रीमा अंसारीले सरकारी गाडी (मोटरसाईकल)मा यस गा.पा.को कार्यालयबाट कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि राहत वितरणको खाने तेल १० लिटर सो मोटरसाईकलमा मिति २०७७/०१/०५ गते तेल लगेको सिसिटिभी क्यामराबाट देखिईएकोले सो सम्बन्धमा सत्य तथ्य बुझन तथा आवश्यक छलफल गर्नको लागि बैशाख १७ गते सम्म उपस्थित हुनका लागि पत्र काटे पनि उनि उपस्थित भए÷नभएको बारेमा गाउँपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत मुन्न साह रौनियारलाई मोबाईल नं. ९८५५०८५५२७ मा पटक–पटक फोन गर्दा फोन उठेन ।

सो सम्बन्धमा गाउँपालिकाका अध्यक्ष श्रीलाल साह सँग सम्पर्क गर्दा उनको मोबाईल स्विच अफ रहेको छ ।

गाउँपालिकाले उपस्थित हुनका लागि पत्र काटनु भन्दा पहिला नै गा.पा. अध्यक्ष साहले गा.पा. कार्यालयमा बोलाई मिलापत्र गराउन खोज्दा वडा अध्यक्षका श्रीमान अंसारीले आफु चोरी नगरेको र जहाँ मुद्धा गर्नु छ गर्नु भनी कार्यालयबाट बाहरिएको सामाजिक सञ्जालमा भाईरल भएको भिडियो फुटेजमा प्रष्टै देखिएको छ । सो वडाका गरिब, अतिविपन्न परिवारलाई राहत वितरणको लागि बनाईएको प्याकेटमा तेल नभेटिए पछि स्थानियबासीहरुले बिरोध समेत गरेको स्थानिय जयप्रकाश चौरसियाले बताए । साभार apkhabar.com

Back to top