कमलको कमाल वीरगन्ज बासी सधै याद गर्नेछन-फोटो फिचर सहित

441

वीरगंज १९ बैशाख । वीरगंजको सडकमा भोकभोकै भौतारिएका चराचुरुङ्गीदेखि पशु चौपायालाई वीरगंज युवा समाजले नियमित खाना खुवाउने अभियान अघि बढाएका छन ।

सडकमा भौतारिएका कुकुर, गाई लगायतका पशुचौपायालाई युवा समाजले बुधबारदेखि सडकमै पुगेर खाना खुवाउने अभियान थालेको हो ।  समाजले देनिकी वीरगंजको छपकैयाँ, कुम्हाल टोल, भगवती टोल, नयाँ बसपार्क, पानी टंकी, श्रीपुर, घडिअर्वा पोखरी लगायतका सडकमा भौतारिरहेका चराचुरुङ्गी, कुकुर गाई लगायत पशु चौपायालाई खाना खुवाउदै छन ।


लक डाउनका कारण मानिसहरु घर बाहिर निस्कन छाड्दा र होटल, पसल बन्द हुँदा वीरगंजका सडकमा हिँड्ने कुकुर, गाईलगायतका पशु चौपाया समस्यामा पर्न थालेपछि आफूहरुले खानाको प्रबन्ध गरेर सडकमै पुगेर दिने व्यवस्था मिलाएको समाजका अध्यक्ष कमल चौगाईले बताउनुभयो ।

चराचुरुङ्गी, कुकुर गाई लगायत पशु चौपायालाई खाना खुवाउन युवा समाजका अध्यक्षको नेतृत्वमा सुलभ केसी, हेमन्त तामाङ, अनुप अग्रवाल लगायत खटिएका छन् ।