×

वीरगञ्ज, बैशाख १८ - अभिनेता ऋषि कपूरको निधन भएको छ । कपुरको आज मुम्बईस्थित सर एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

कपूरलाई बुधबार बिहान स्वास्थ्यमा समस्या आएपछि अस्पतालमा भर्ना गरिएको थियो । उनका दाइ रणधीर कपुरका अनुसारलाई ऋषिलाई बुधबार मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो ।

क्यान्सरबाट पीडित उनलाई श्वासप्रश्वासको समस्या भएपछि अस्पतालमा भर्ना गरिएको परिवारले जनाएका छ ।

अमेरिकामा एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि ऋषि कपुर गत सेप्टेम्बरमा भारत फर्किएका थिए। गत फेब्रुअरीमा पनि स्वास्थ्यमा समस्या आएपछि उनलाई २ पटकसम्म अस्पताल भर्ना गरिएको थियो।

अभिनेता ऋषि कपुर अस्पताल भर्ना भएको सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्न थालिएको छ।

Back to top