×

काठमाडौँ, बैशाख १७ - बलिउड अभिनेता इरफान खानको निधन भएको छ ।

उनको आज बिहान मुम्बईको कोकिलाबेन धिरूभाइ अम्बानी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनी २ वर्षदेखि न्युरोएन्डोक्राइन ट्युमरबाट ग्रसित थिए ।

गत वर्ष बेलायतमा उपचार गराएर फर्केपछि ५४ वर्षीय इरफान मुम्बईको कोकिलाबेन अस्पतालकै चिकित्सकको निगरानीमा स्वास्थ्य जाँच गराइरहेका थिए ।

Back to top