कोभिड विरुद्ध हाम्रो सतर्कता नै हाम्रो हतियार : डा. घनश्याम यादव

174


हाल विश्व नै कोरोनाभाइरस अर्थात कोभिड-१९ को त्रासले गर्दा लकडाउनमा छ । मित्र राष्ट्र चिनको वुहान भन्ने शहरको जङ्गली जनावर बेचिने ‘वेट मार्केट” बाट सुरु भएको भनिएको यो भाइरसले हाल सम्म संसारका लगभग २ सय ५० भन्दा बढि मुलुकलाई आफ्नो चपेटमा लिएको छ र लाखौँले आफ्नो ज्यान गुमाउनु परेको छ । चिनमा भाइरस संक्रमणको नयाँ संक्रमित देखिने संख्या कम भए पनि संसारका अन्य मुलुक भने अहिले पनि यो भाइरसले गर्दा पिडित छन् । हाम्रो देश नेपालमा समेत ५४ व्यक्ति कोरोनाभाइरसले संक्रमित भएको नेपाल सरकारले पुष्टि गरिसकेको छ । नेपालमा एक व्यक्तिको मृत्यु नभएपनि हामीले सहि सतर्कता नअपनाए यो भाइरसबाट संक्रमित भइ धेरैले ज्यान समेत गुमाउन सक्छन ।

कोरोना भाइरस के हो, यसबाट कसरि जोगिने, के गर्दा ठिक र के नगर्ने जस्ता प्रश्नहरुले हामि अहिले पनि दुविधामा हुन्छौं । सहि परामर्च नपाएर हामीले कहिले काहीं गलत कदम समेत उठाउने गरेको देखिन्छ जसले भाइरस संक्रमण हुने जोखिम बढेर जान्छ । यसै सन्दर्भमा हामीले एक विशेसज्ञसँग कुराकानी गरेका छौं । हाम्रो प्रश्नहरुको उत्तर दिन हामीले चिकित्सक डा. घनश्याम यादवसँग कुराकानी गर्यौं | यादव पेट, मुटु, मधुमेह, थाईराइड रोग विशेसज्ञ हुनहुन्छ । उनले आफ्नो एमबिबिएसको अध्ययन बंगलादेश र एमडीको अध्ययन फिलिपिन्सबाट गरेका छन् ।

म कोरोनाको समयमा कसरी सुरक्षित तरिकाले किराना समान किनमेल गर्न सक्छु?
किरान समान किनमेल गर्न जाँदा अरुबाट कम्तिमा १ मिटरको दुरी बनाएर राखनुस र आफ्नो आँखा, नाक र मुख न छुनुहोस्, छुनु परे हात साबुन पानीले धोएर अथवा सेनीटाइजरले सफा गरेर मात्र छुने गर्नुस् । सम्भव भए किनमेल गर्नु अघी प्रयोग गरिने ट्रलीको हैन्डल वा तपाईले प्रयोग गर्ने टोकरीलाई पनि सेनिटाइज गर्नुहोस् । बजारबाट समान खरिद गरेर घर फर्केपछि आफ्नो हात पुन: साबुन पानिले कम्तिमा २० सेकेण्ड सम्म धुने गर्नुस् । हाल सम्म खाना वा खाना प्याकेजिङ्बाट कोरोनाभाइरस सरेको पुष्टि नभए पनि बजारबाट किनेर ल्याइएको खानेकुरा रामरी धोएर मात्र खानु होला ।



के कोरोना सिक्का अथवा कागजको नोटबाट सर्न सक्छ ?
हालसम्म कोरोना सिक्का अथवा कागजको नोटबाट सरेको कुनै प्रमाण छैन । विभिन्न परिक्षणहरु समेत गर्दा पैसाबाट कोरोना सर्न सक्ने भन्ने नदेखाएकोले हामी डराई राख्ने कुनै आवश्यकता नरहे पनि आफ्नो सतर्कताका लागि भने मोबाइल बैङ्किङ्ग अथवा इ-सेवा, खल्ती, आईएमइ पे जस्ता डिजिटल वालेट प्रयोग गरेर कारोबार गर्ने प्रयास गर्नुहोस् । पैसा प्रयोग गर्नुको विकल्प नरहेको स्थानमा मात्र पैसा प्रयोग गर्नुहोस् र घर फर्के पछि फिर्ता आएको पैसालाई मेडिकल अल्कोहलको मिक्सरले सेनिटाइज गर्नुहोस् । कोरोनाभाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्नका लागि संक्रमित व्यक्तिको मुखबाट निस्किने स्वाबका थोपाहरु तपाईंको मुख, नाक र आँखा हुँदै तपाईको सरिरमा जानु पर्छ । तसर्थ, बजार जाँदा वा कसैसँग भेट गर्दा कम्तिमा १ मिटरको दुरी कायम गर्न र मास्क र चस्मा लगाउन चिकित्सकले सल्लहा दिएका छन् । त्यसैगरि कुनै संक्रमित व्यक्तिले छिक्दा अथवा खोक्दा उसको मुखबाट निस्किने स्वासका थोपाहरु कुनैपनि सतहमा बिधमान रहना सक्छन वा त्यो बस्तु/सतहलाई दुशित पार्न सक्छन । त्यसैले आफुले प्रयोग गर्ने बस्तुहरुलाई समेत समय-समयमा सेनिटाइज गर्नुहोस् ।

कोरोनाको समयमा तरकारी र फलमुल कसरी धुनुपर्छ?
तरकार र फलफुल हामीले धुने तरिका पहिला जस्तै हो । तरकारी र फलमुल छुनु भन्दा पहिला आफ्नो हात साबुन पानिले धुनुहोस, त्यसपछी तरकारी र फलफुललाइ सफा पानिले मज्जाले धुनुपर्छ । विशेषगरी जब तपाई कुनै कुरा काँचो खाँदै हुनुहुन्छ ।

लुगा र ओछ्यानबाट कोरोना भाइरस सर्नबाट रोक्न के गर्नु पर्छ?
फोहोर लुगा नलगाउनुस र फोहोर ओछ्यानमा नसुत्नुस । लुगा धुँदा तातो पानि (६०° – ९०° सेल्सियस्) मा लुगा धुने साबुन वा सर्फले धुनुहोस् । यदी उप्लब्ध हुनसक्छ भने लुगालाई ब्लिच गर्नुहोस् । मेसिनको प्रयोग गरेर उच्चा तप्क्रममा सुकउनुस घाममा रामो समय सम्म कपडालाई सुक्न दिनुहोस् ।

र्‍यापिड टेस्ट र पिसिआर भन्नाले के बुझिन्छ र यसबाट कोरोना संक्रमण भए-नभएको कसरी पता लगाउन सकिन्छ?
भाईरस संक्रमण भएपछी शरिरले भाईरस बिरुद्ध बनाउने एक किसिमको रोगसँग लड्ने प्रोटिन हो जुन रगतमा पाईन्छ त्यही प्रोटिन पत्ता लगाईने जाँचलाईइ र्‍यापिड टेस्ट भनिन्छ । यो प्रोटिन शरिरले भाईरस संक्रमण भएको केहि दिन देखी हप्तासम्म बनाउन लाग्छ जुन हरेक व्यक्तिमा फरक पर्न सक्छ । यो प्रोटिन एक हप्ता देखी महिनौ सम्म शरीरमा रहरने गर्दछ ।

त्यसैगरि पिसिआर भनेको शरीरमा भाइरस पता लगाउने जाँच हो । यो भाइरस नाक खकार र फोक्सोमा हुन्छ । त्यही बाट स्याम्पल लिने गरिन्छ । र्‍यापिड र पिसिआर दुबै पोजिटिभ देखिएमा कोरोना संक्रमण भएको पुष्टि हुन्छ तर र्‍यापिड पोजेटिभ र पिसीआर टेस्ट नेगटिभ भएको खण्डमा कुनै अर्को भाइरल इन्फेसन भएको हुनसक्छ तर कोरोना संक्रमण नै हो भन्न सकिंदैन ।