×

वीरगन्ज १५ बैशाख । सप्तरीको विभिन्न मठ मन्दिरमा भएको आक्रमणको विश्व हिन्दु परिषद नेपालले कडा रुपमा निन्दा गरी विरोध जनाएका छन् । परिषद् नेपाल पर्साले आईतबार सरकारले लागु गरेको लकडाउनको पूर्ण पालना सहित वीरगन्जमा प्रदर्शन गर्दै मठ मन्दिरमा आक्रमण गर्ने असमाजिक तत्वलाई पक्राउ गरी तत्काल कारवाहीको माग गरेका हो ।

समाजिक दुरीलाई कायम गर्दै परिषद पर्साका महामन्त्री रणविर कुशवाहाको नेतृत्वमा रहेका परिषदका सदस्यहरुले हातमा प्लेकार्ड बोकेर सांकेतिक विरोध जनाउँदै मठ मन्दिरमाथि आक्रमण गर्ने असमाजिक तत्वलाई पक्राउ गरी कारवाही गर्न जोडदार माग गरेका हुन् ।

उनीहरुले नेपाल प्रवेश गरेको अन्य मुलुकका ईस्लामिक आतंकवादीहरु विरुद्ध कारवाही गर, मंदिर तोडफोडको छानविन गर, दोषीलाई तत्काल पक्राउ गरी हदैसम्म कानुनी कारवाही गर लगायत अंकित प्लेकार्ड बोकेर सांस्केतिक रुपमा विरोध जनाएका हुन् । घटना बारे प्रधानमन्त्री, मन्त्री परिषद कार्यालय, तीन वटै सुरक्षाप्रमुखको कार्यालयमा मेल मार्फत ज्ञापन पत्र समेत बुझाएका छौ, उनले भने, ‘हाम्रा धर्ममाथि आक्रमण गर्नेलाई सरकारले कारवाही नगरे लकडाउन पछि चरणबद्ध आन्दोलनमा उत्रिने छौ ।’

सर्लाहीको बलान बिहुल गाउँपालिका वडा नम्बर ३ र मौवाहा स्थित डगरीन स्थान वडा नम्बर ४ बेलहीको हनुमान मन्दिर, शिव मन्दिर र सुरुंगा नगरपालिका वडा नम्बर १० मा रहेको श्री रामजानकी मन्दिरमा अज्ञात समूहले तोडफोड तथा आगजनी गरेका थिए । सोहि घटनाको विरोधमा परिषदले घटनाको आलोचना गरी विरोध जनाउँदै दोषीलाई पक्राउ गरी कडा कारवाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।

Back to top