×

वीरगञ्ज, बैशाख १७ - पर्साको पर्सागढि नगरपालिकाले विभिन्न सञ्चार माध्यामा आएको समचार प्रति आफ्नो ध्यानकर्षण भएको बताएको छ । नगरपालिका कार्यालयले एक प्रेस विज्ञप्ति जारि गर्दै विभिन्न सञ्चार माध्यममा नगरपालिका कार्यालयद्वारा केहि वडामा कुहिएको चामाल वितरण गरिएको भन्न समाचार निराधार रहेको जनाएको हो ।

नगरपालिकाका नगर प्रमुख (मेयर) लोकनारायण यादवले मंगलबार एक प्रेस बिज्ञप्ति जारि गर्दै राजनीतिक द्वेष साधन केहि उछ्रिङ्कल व्यक्तिहरुले विभिन्न सञ्चार माध्यहरुलाई भ्रामक जानकारी उपलब्ध गराई गलत समचार सम्प्रेषण गराउन लगाएको आरोप समेत लगाएका छन् ।

मेयर यादवले कोरोनाभाइरस अर्थात कोभिड-१९ ले संसार नै सन्त्रासित भएको बेला राहत वितरणमा समेत राजनीति गर्नु निन्दनीय भएको बताउदै त्यस्ता व्यक्तिलाई समाजले पहिचान गर्न आवश्यक रहेको जनाएका छन् ।

उनले राहत वितरण कार्यमा कुनै किसिमको भेदभाव अर्थात अखाद्य सामग्री वितरण नगरिएको समेत प्रष्ट परेका छन् । 'राहत वितरणमा कुअनि किसिमको भेदभाव भएको छैन, अहिले पनि नगरपालिकामा वितरित सामग्रीको नमुना सुरक्षित राखेका छौं, मेयर यादवले जारि गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ, 'सर्वदलिय बैठकको निर्णय अनुसार नै राहत वितरण गरेका हौँ, केहि उछ्रिङ्कल व्यक्तिहरुले राजनीतिक द्वेष साधन हामि विरुद्ध षड्यन्त्र गरेका हुन् ।'

मेयर यादवले हरेक राहतको पोकामा नेपाल सरकारको निर्देशन र सर्वदलिय बैठकोको निर्णय २० केजी चामल, २ केजी दाल, १ लिटर खाने तेल, २ पोका नुन, डिटल साबुन २ थान र लुगा धुने साबुन २ थान रहेको जानकारी दिए । उनले अहिले सम्म २ हजार ९ सय ८५ घरधुरीलाई राहत वितरण भएको बताए ।

उनले कोभिड-१९ को त्रास बेला राजनीत भन्दा माथि उठेर मानवीय कार्यमा लाग्ग्न आग्रह समेत् गरेका छन् । 'यो समय एक अर्कालाई सहयोग गर्ने हो, सबैलाई मिलाएर हिड्ने हो, विश्व नै यो रोगको प्रकोपले ठप्प छ, मेयर यादवले भने, 'हामि सबै मिलेर हिड्नुको विकल्प छैन, एक अर्कालाई सहयोग गरे मात्र हामि यो भाइरसलाई जित्न सक्छौं ।'

Back to top