×

वीरगञ्ज, बैशाख १० - नेपाल बार एसोसिएसन, उच्च अदालत बार एसोसिएसन वीरगञ्जले सरकारले ल्याएको नयाँ अध्याधेशको विरोध गरेको छ ।

बार एसोसिएसनले बुधबार एक प्रेस विज्ञाप्ति जारि गर्दै नेकपा सरकारले कोरोना संक्रमणको सन्त्रासका बेला जारि गरेको राजनीतिक अध्याधेश प्रति आपत्ति जनाउदै तत्काल फिर्ता गर्न माग गरेको छ ।

बारले अध्यादेशलाई फिर्ता लिंदै कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि सरकारलाई काम गर्न सल्लहा समेत दिएको छ ।

बारका सचिव शैलेन्द्र कुमार चौरसियाले जारि गरेको विज्ञप्तिमा सरकारले राजनीतिक भावना विपरित ल्याएको अध्याधेशले अधिनायकबाद लाद्न खोजेको आरोप समेत लगाइएको छ ।

 

Back to top