×

वीरगञ्ज, बैशाख ९ - निजि तथा आवसीय विद्यालय संगठन पर्सा जिल्ला कार्यसमितिले वीरगञ्ज महानगरपालिकाको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण राहत कोषमा आर्थिक सहयोग गरेको छ ।

कोरोनाभाइरससँग विश्व नै त्रासमा रहेको बेला यसको रोकथाम र लकडाउनले गर्दा मार्कामा परेका व्यक्तिहरुलाई सहयोगका निमित्त प्याब्सन पर्साले आर्थिक सहयोग गरेको जनाएको छ ।

प्याब्सन पर्साका अध्यक्ष डा. हरिशंकर साहले मंगलबार वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीलाई महानगरपालिका कार्यालय पुगेर ५१ हजारको चेक हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यालयमा प्याब्सन पर्साका कोषाध्यक्ष सरोज चौधरी, प्याब्सन वीरगञ्ज महानगर कमिटिका अध्यक्ष आलोककुमार चौरसियालगयातको उपस्थिति रहेको थियो ।

प्याब्सन पर्साले लकडाउनले गर्दा घर मै बस्नु परेका विद्यार्थीहरुलाई लक्षित गर्दै मंगलबार देखि अडियो भिजुवल कक्षा समेत संचालन गर्न लागेको छ । प्याब्सन वीरगञ्ज महानगर कमिटिले रेडियो सान्भी ९६.४ मेगाहर्ज र साझा डेलीको फेसबुक पेज मार्फत लाइभ कक्षा संचालन गर्न लागेको हो ।

विद्यार्थीहरुले अनलाईन कक्षा सुन्नका लागि रेडियो सान्भी ९६.४ मेगाहर्जमा जान सक्छन भने भिडीयोका लागि रेडियो सान्भीको फेसबुक पेज र साझा डेलीको फेसबुक पेजमा गएर हेर्न सक्छन ।

Back to top