×

बिरगन्ज ९ बैशाख । नेपाली काग्रेसका नेताहरुले नारायणी अस्पताललाई कोरोना अस्पताल बनाउन गरिएको सरकारको निणय सच्याउदै पुनः पहिलेकै जस्तै आकस्मिक लगायतका सम्पुर्ण सेवा सुचारु गर्न र कोरोना संक्रमितहरुको उपचारका लागी अन्य कतै ब्यवस्था गर्नुपर्ने माग गरेकाछन् ।

नेपालीका केन्द्रिय सदस्यद्वय रमेश रिजाल र अजय चौरसिया,नेताहरु सुरेन्द्र प्रसाद चौधरी, अनिल रुगटा, जनार्दन सिंह क्षेत्री, प्रदेश सभासदस्यहरु ओमप्रकाश शर्मा,शंकर चौधरी, राजेश्वर साह तेली,अशिया देवी थरुनी लगायत नेताहरु रामनारायण प्रसाद कुर्मी, र रामरुप कुर्मीले आज एक संयुक्त बिज्ञप्ती जारी गर्दै नारायणी अस्पतालमा आएको पि.सि.आर. मसिन यथाशिघ्र जडान गरी संचालन गर्नुका साथै अन्य जाँचका उपकरणहरु पूर्ण रुपमा संचालन गर्ने लगायतको माग गर्नु भएको छ ।

त्यसैगरि राहत वितरणलाई वैज्ञानिक र प्रभावकारी बनाउन सर्वदलीय समिति गठन गर्नुपर्ने, अहिले खेतीपातीको उच्च समय भएकाले , बीउ विजन औषधि लगायतका कृषी समाग्रीहरु सहज उपलब्ध गराउनु पर्ने, लकडाउनको अबधि भरिको किसानहरुको ब्याज मिनाहा गर्दै राहतको प्याकेज उपलब्ध गराउनु पर्ने, साना उद्योगी तथा ब्यापारीहरुलाको ब्याज मिनाहा गर्नुपर्ने लगायतको माग समेत बिज्ञप्ती मार्फत माग गरेकाछन् ।

त्यसैगरि संसदिय बिकास कोषको रकम तथा संघ र प्रदेशका मन्त्रीहरुको तलबबाट कम्तीमा ३० प्रतिशत कटा गरी माहामारी रोकथाममा खर्च गनुृपर्ने लगायतको माग बिज्ञप्तीमा गरेकाछन् । साथै यस महामारीमा अग्रपंक्तीमा रहेर उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षकर्मी तथा संचारकर्मीहरुको आवश्यक सुरक्षा कवचको ब्यवस्था गर्नुपर्ने लगायतको माग समेत बिज्ञप्तीमा समेटिएको छ । साथै सारा बिश्व लगायत नेपाल समेत लडिरहेको यस बिषम परिस्थितीमा सरकारले गरेको सकुम्बासी आयोगको गठन प्रकृया प्रति घोर आपत्ती समेत ब्यक्त गरेकाछन् ।

Back to top