×

वीरगंज ८ बैशाख । नेपाल टेलिकमले सोमवार मध्यरातबाट टेलिकमका सिमकार्ड प्रयोगकर्ताको हितलाई ध्यानमा राख्दै नि : शुल्क सेवा दिने तयारी गरेको छ ।

अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाको पहलमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई सिम कार्डमा ब्यालेन्स न्यून भई बन्दाबन्दी (लकडाउन) मा आफन्तसँग सम्पर्क गर्न नपाएका झण्डै २ लाखभन्दा बढि सिम प्रयोगकर्ताले मध्यरातदेखि नि :शुल्क कुरा गर्न पाउने छन् । यो सेवा सोमवार मध्यरातदेखि लागू हुने छ । ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरको लागि निम्न अनुसार प्याकेज प्रदान गरिने भएको छ ।

१. निम्न अनुसारको जिरो ब्यालेन्स प्याकेज उपलब्ध गरिने छ

क) २५ ओटा अन–नेट एसएमएस

ख) ५० मिनेट अन–नेट भ्वाइस

ग) १०० एमबी डाटा

घ) प्याकेजको अवधि ७ दिनको हुने

२. सो प्याकेज आगामी २ दिन सम्म उपलब्ध गराइनेछ ।

३. सो प्याकेज प्राप्त गर्ने ग्राहकहरूलाई एसएमएस मार्फत जानकारी पठाइने

४. सो एसएमएसको निर्धारित जवाफ एसएमएस मार्फत पठाएर प्याकेज लिन सकिने

५. सो प्याकेज लिन अयोग्य नम्बरमा पनि प्याकेज प्रदान गर्न नसकिएको सन्देश पठाई जानकारी गराइने

६. सो प्याकेज कम्पनीका जीएसएम तथा सीडीएमए प्रिपेड ग्राहकलाई माथिको नियम अनुसार उपलब्ध गराइने

Back to top