×

वीरगञ्ज, बैशाख ६ - पर्साको पोखरिया नगरपालिकास्थित पोखरिया जिल्ला अस्पतालमा कोरोनाभाइरस अर्थात कोभिड-१९ को उपचारका निमित्त सुविधासम्पन्न पाँच बेडको आइसोलेसन वार्ड निर्माण हुनेभएको छ ।

वीरगञ्जस्थित श्री नेपाल शालिमार सिमेन्ट प्रालीका सञ्चालक तथा वरिष्ठ समाजसेवी अशोक बैद्यको सहयोगमा आइसोलेसन वार्ड निर्माण गर्न लागिएको हो ।

बैद्यले पर्सा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियार मार्फत आइतबार पोखरिया अस्पतालमा पार्टिसन सहितको पाँच आइसोलेसन बेड, अक्सिजन सप्लाई पाँच थान, इण्ट्युबेसन सेट पाँच थान, भिटीएम पाँच थान, कोल्ड चेन पाँच थान, पीपीइ सेट पाँच थान, इन्फररेड थर्मामिटर पाँच थान, एनएसजी मास्क १५ सय थान, नेबूलईजेसन मेसिन पाँच थानलगयात स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद् रौनियारले कोरोनाभाइरससँगको लडाईमा फ्रन्टलाईनमा बसेर काम गरिरहेका चिकित्सकहरुका लागि हरेक समभव सहयोग गर्न आफु त्यार रहेको बताए ।

विश्वस्तरमा कोरोनाको सन्त्रास बढेको बेला पोखरिया अस्पतालमा समेत शंक्रमणको आशंका गरिएका व्यक्तिहरुको चाप बढेको छ । रौनियारको पहलमा उपलब्ध भएको स्वास्थ्य सामग्रीले अस्पताल सञ्चालनमा ठुलो सहयोग मिल्ने अस्पताल प्रशासनले जनाएको छ ।

Back to top