×

वीरगञ्ज, बैशाख ४ – पोखरिया नगरपालिकामा राहत वितरण सुरु भएकाे छ । नगरपालिकाकाे वडा नं. ३ बसन्तपुरमा आज राहत वितरण भएकाे मेयरका स्वकिय सचिव राजु राैनियारले वताउनु भयाे ।

लकडाउनमा प्रभावित वडा अन्तर्गतका १ सय ६० अति गरिब परिवारलाई राहत वितरण गरिएकाे स्वकिय सचिव राैनियारले जानकारी राउनु भयाे ।

राैनियारका अनुसार प्रति परिवार चालम २५ किलाे, दाल २ किलाे, तेल १ किलाे, नुन २ किलाे, आलु ५ किलाे, प्याज २ किलाे, साेयाबीन ५०० ग्राम, लुगाधुने साबुन २ किलाे र नुहाउने साबुन २ किलाेका दरले वितरण गरिएकाे हाे ।

नगर प्रमुख दिपनारायण राैनियार, उप प्रमुख सलमा खातुन, संविधान सभा सदस्य रामेश्वर रौनियार, वडाध्यक्ष अजय कलवार, सामाजसेवी शंकर यादव, समाजिक शाखा प्रमुख बिनोद पाण्डे, वार्ड सदस्य, नेपाल प्रहरी प्रतिनिधि, शस्त्र प्रहरीका प्रतिनिधि, लगायतकाे उपस्थितीमा राहत वितरण गरिएकाे नगरपालिका कार्यालयले जनाएकाे छ ।

यस्तै नगरपालिकाकाे सबै वडामा राहत वितरण गरिने प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरीले वताउनु भयाे ।

Back to top