×

वीरगञ्ज, बैसाख ४ - वीरगञ्ज महानगरपालिकाले निजि अस्पतालहरुकाे लागि आवहान गरेकाे ३ दिने प्रस्तावनाकाे समय आज समाप्त भएकाे छ ।

महानगरपालिकामा नेकपा वीरगञ्ज महानगर अध्यक्ष रहबर अन्सारीले घाेषणा गरे अनुसार नि:शुल्क रुपमा उपलब्ध गराउने गरि आफ्नो गण्डक हस्पिटलबाट प्रस्तावना पेस गरेकाे छ । महानगरले प्रस्तावना माग गरेकाे अन्तिम दिन सम्म एक मात्र गण्डक हस्पिटले प्रस्तावना पेस गरेकाे महानगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत अरुण कुमार महताेले वताए ।

उनले भने “प्रस्तावना पेश गर्नु पर्ने अन्तिम दिन आज साँझ ५ बजे सम्म श्री गण्डक हस्पिटल प्रालि वीरगञ्जले मात्र प्रस्तावना पेश गरेकाे छ ।

उसले पेस गरेकाे प्रस्तावनामा काेराेना भाइरस (काेभिड १९) संक्रमित बिरामीकाे लागि अस्थाई रुपमा उपलब्ध गराइने वीरगञ्ज १४ स्थित रहेकाे भवन, अस्पताल भवनमा रहेकाे सम्पूर्ण उपकरणहरु महानगरलाई उपलब्ध गराए वापत कुनै किसिमकाे भाडा नलिकन व्यवस्थापन तथा सञ्चालनका लागि महानगरपालिकालाई हस्तान्तरण गर्न तयार रहेकाे उल्लेख गरिएकाे छ।”

यस बिषयमा भाेली शुक्रबार बस्ने बाेर्ड बैठकले निर्णय गर्ने समेत प्रशासकिय अधिकृत महताेले जानकारी गराए ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत मुजतुबा अंसारीले हस्पिटलकाे तर्फबाट हस्ताक्षर गरेकाे प्रस्तावना महानगरपालिकामा पेश भएकाे छ ।

यस अघि अध्यक्ष अन्सारी बैशाख १ गते काेराेना अस्पताल प्रयाेजनकाे लागि आफु स्थानिय सरकारलाई आफ्नाे मातहतमा रहेकाे गण्डक हस्पिटल दिन तयार रहेकाे घाेषणा गरेका थिए ।

त्यसकाे भाेली पल्ट बैशाख २ गते वीरगञ्ज महानगरले एक सूचना जारी गर्दै काेराेना संक्रमितकाे उपचार्थ प्रयाेजनाकाे लागि इच्छुक निजि अस्पतालहरु संग प्रस्तावना माग गरेकाे थियाे ।

Back to top