×

वीरगञ्ज, बैशाख ४ - वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीका निजि प्रेस संयोजक अनिलकुमार तिवारीले राजिनामा दिएका छन् ।

संयोजक तिवारीले नगर प्रमुख विजय सरावागीलाई सम्बोधित गर्दै आजको मितिबाट प्रेस संयोजकको पदबाट राजिनामा दिएको भन्दै पत्र बुझाएका हुन् ।

यात्रा डेलीसँग कुरा गर्दै तिवारीले कार्यव्यस्तताले राजिनामा दिएको बताए । तर नगर प्रमुख सरावगी र संयोजक तिवारी बीच केहि दिन अगाडी काठमाडौँबाट सञ्चालित एउटा वेबसाईटमा नगर प्रमुख सरावगी, उनका प्रेस सल्लहाकार गोविन्द देवकोटा र नेकपा महानगरका अध्यक्ष रहबर अन्सारीबीच भएको सम्झौताको विषयक समाचारलाई लिएर विदाद हुँदा तिवारीले राजिनामा दिएको स्रोतले बताएको छ ।

स्रोत अनुसार मेयर सरावगीले उक्त समाचार संयोजक तिवारी निकट व्यक्तिले लेखेको आरोप लगाएपछी विवाद भएको थियो । विवाद पश्चात तिवारीले राजिनामा दिएको बुझिएको छ ।

यता महानगर प्रमुख विजय सरावगीले आफुलाई राजिनामा दिएको भनेर खबर प्राप्त भएपनि आधिकारिक पत्र भने अहिले सम्म नपाएको बताए । प्रमुख सरावगीले सानो विवादलाई आधार बनाएर राजिनामा दिएको हुनसक्ने जानकारी दिए ।

'तिवारी जी कार्यालयमा दैनिक उपस्थिति नहुने, समयमा काम नगरिदिने जस्ता समस्या थियो,' यात्रा डेलीसँग कुरा गर्दै नगर प्रमख सरावगीले भने, 'यसै सन्दर्भमा सानो विवाद हुँदा उहाँले राजिनामा दिनसकेको हुनुपर्छ, मैले उहाँलाई राजिनामा दिनुस भनेर भनेको छैन ।'

तिवारीले आफ्नो इच्छाले राजिनामा दिए आफुलाई स्वीकृत गर्न कुनै समस्या नभएको मेयर सरावगीले समेत स्पष्ट पारे ।

Back to top