×

वीरगन्ज ३ बैशाख । भारतीय मिडियाले प्रशारण गरेको समाचारका कारण विवादमा परेका पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मिया मुखियाको स्वाब परिक्षणको रिपोर्ट आएको छ । किट जन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडाको प्रयोगशालामा मियासँगै उनको घरमा रहेका परिवारका सदस्य सहित ३८ जनाको स्वाब सोमबार संकलन गरि परिक्षणका लागि हेटौंडाको पठाइएको थियो ।

३८सैं जनाको स्वाब परिक्षण भएको र सबैको रिपोर्ट नेगेटिभ आएको बागमति प्रदेश सामाजिक बिकास मन्त्रालयका प्रवक्ता डा.पुरुषोतम राज सेढाईले पलखबरलाई जानकारी दिएका छन् । नारायणी अस्पतालबाट खटिएका स्वास्थ्यकर्मीको टोलीले वीरगन्जको पावरहाउस चोक नजिकै रहेको मियाको घरमै पुगेर कोरोना संक्रमणको आशंकामा परिक्षणका लागि मियासहित ३८ जनाको स्वाब संकलन गरेको थियो ।

वीरगन्जमा कोरोना भाइरसका ३ जना भारतीय संक्रमीत भेटिएपछि शंकास्पद व्यक्ति सबैको स्बाब संकलन गर्न स्थानीय प्रशासनले नारायणी अस्पताललाइ निर्देशन दिएको थियो । त्यस क्रममा ३ जना संक्रमितसँगै सम्पर्कमा रहेका र अन्य शंकास्पद गरि सोमबार ३८ जनाको स्वाब संकलन गरि परिक्षणका लागि हेटौंडाको प्रयोगशालामा ल्याएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको बताईएको छ ।

भारतीय मिडियाले आफु माथि लगाएको भ्रामक र निराधार आरोप झुठो रहेको पुष्टि गर्नका लागि नै आफुले आफनो परिक्षणका लागि स्वास्थ्यकर्मीलाई घरमा बोलाएको मियाले बताए। भारतको टिभी ९ , न्युज १८ , जि न्युज , एबीपी लगायतका टेलिभिजन च्यानलले नेपालको पर्साको जगरनाथपुरको जानकीटोला निवासी जालिम मिया मुखिया नामका व्याक्तिले नेपालबाट कोरोनाका शंकास्पद ४० देखि ५० बिरामीलाई भारतमा घुसपैठ गराउन साजस गरिरहेको खबर भारतीय सुरक्षाकर्मीको हवाला दिएर चैत २८ गते प्रशारण गरेका थिए।

Back to top