×

वीरगञ्ज २४ श्रावन । छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमितको संख्या २० लाख नाघेको छ। भारतमा संक्रमण रफ्तारमा बढिरहेको छ।

वल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कोरोनबाट संक्रमित हुनेको संख्या २० लाख ८६ हजार ८६४ पुगेको छ। हिजो मात्र भारतमा ६१ हजार ४५५ जना संक्रमित थपिएका छन्। त्यसको अघिल्लो दिन भारतमा ६२ हजार १७० जना संक्रमित थपिएका थिए।

भारतमा अहिलेसम्म कोभिड–१९ का कारण ४२ हजार ५७८ जनाको मृत्यु भएको छ भने १४ लाख २७ हजार ६६९ जना संक्रमणमुक्त भएका छन्।

६ लाख १६ हजार ६१७ सक्रिय संक्रमित रहेको भारतमा ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक छ। हिजो मात्र भारतमा कोभिड–१९ बाट ९४० जनाको मृत्यु भएको छ।

Back to top