×

वीरगञ्ज, चैत्र २९ - लगातारको लक डाउनका कारण दैनिक ज्याला गरी जीवन गुजारा गर्ने परिवार संकटमा परेपछि वीरगञ्जको त्रिमुर्ती चोकमा रहेको पेट्रोनास मोबिलको प्रदेश नम्बर २ स्तरीय डिलर नर्सिङ ट्रेड कन्सर्न्सले खाद्यान्न सहयोग गरेको छ ।

ट्रेड कन्सर्नका सञ्चालक विजय सिंहले १५० परिवारलाई आज खाद्यान्न वितरण गर्नुभएको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर ११, १२ र १३ का विपन्न र दैनिक मजदुरी गरी जीवन गुजारा गर्ने परिवारलाई सिंहको सहयोगमा राहत वितरण गरिएको हो ।

राहत वितरण गर्न ११ नम्बर वडाका प्रतिनिधि मुस्तकिम हवारी, युवा संघ पर्साका संयोजक महम्मद निजामुद्दिन, पवन ठाकुर, त्रिनेस गिरी, रुपेस सिंह, सावीर हवारी,जगु महत्तो लगायतको सहभागिता रहेको थियो । चामल, दाल, विस्कुट र चाउचाउ लगायतको दैनिक उपभोग्य वस्तु वितरण गरिएको हो

Back to top